123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:39 AM
0

बिहान दश बजे पछि राजधानीमा बन्द खुलेकाले फिल्मी माहोलमा चहलपहल सुरु भएको छ । जसकारण  सायद प्रदर्शनरत गोपी कृष्णहलका दुईवटा थिएटर हाउसफुल भएको सोही हाउसमा कार्यरत शिशिर भण्डारीले जनाएका छन् । यस्तै गोपीकृष्णको दुई थिएटरले दर्शक थाम्न नसकेपछी एघार सय सिट क्षमताको गोपी हलमा सायद सारिएको छ । 'विहानको शोमा लाठी  चार्ज नै गर्नु पर्यो  जसको भिजुअल मिडियालाई उपब्लध गराउछौ' प्रोड्यूसर सुनिल रावलले शनिबार बिहानकै शोमा दर्शकले सायद रुचाईदिएपछी हर्षित हुदै भने । 


त्यस्तै बालाजुमा रहेको अष्टनारयण पिक्चस्रमा पनि सिट नपुगेर दर्शक फर्किएको संचालक   त्रिरत्न मानन्धरले फिल्मीखबरलाई जनाकारी गराए । सायदले हिजो बन्दको दिन पनि सो हलबाट एक लाखको ब्यापार गरेको उनले बताए । उनले भने '२ सय र ५ सय क्षमताको हल दिईएका छौ त्यो पनि हाउसफुल भएको छ । ' मानन्धरले दुईवटा हलले थाम्न नसकेको अवस्थामा सायदलाई नौ सय छमताको ठूलो थिएटरमा १२ बजे पश्चात प्रदर्शन गरिने प्रबल सम्भावना रहेको बताए । शुक्रबारको बन्दको दिन समेत दर्शकले सायद खोजी खोजी हेरेपछी यो फिल्मले फिल्मी ईतिहासमा अर्को रेकर्ड कायम गर्ने अनुमान काटिएको छ ।   saayad  sunil rawal गोपीकृष्ण र अष्टनारायणमा मात्र हैन गुण र विश्वज्योतिमा पनि सायदको मर्निङ शोमा दर्शक खचाखच थिए । त्यस्तै बाराहीमा पनि बिहानी शो हाउसफुल भएको रिपोर्ट सायद टिमले दिएको छ । यसैगरी कालोपुलमा रहेको हिरारत्नमा पनि दर्शकको घुईचो बढेपछी ठूलो हलमा सरिएको छ । साथै डेढ सय क्षमताको कलंकी सिनेमा घरमा पनि सायदको शो हाउसफुल भएको रिपोर्ट प्राप्त भएको छ । युथ टार्गेट फिल्मले कलेजका विद्यार्थीलाई तानेपछी क्यूएफएक्स च्यानलले आफ्नो शो बृद्धी गरेको छ । क्यूएफएक्सले सेन्ट्रोलमा एक शो थप्दै दुई शो र कुमारीमा पनि आजदेखि दुई शो दिएको छ । सो च्यानल अन्र्तगत जयनेपालमा भने तीन बजेको शो मात्र सायदलाई दिईएको छ । ७० लाख बजेटमा निर्मित सो फिल्मलाई सुरज सुब्बाले निर्देशन गरेका हुन जसले पछिल्लो समय बाटो मुनिको फुलबाट अत्यन्त तारिफ पाउदै अवार्डमा पनि उत्कृष्टता हासिल गरेका थिए । सायदमा निर्देशक नारायण पुरीका छोरा लिड रोलमा छन् । जसको अभिनय पाका अभिनेताको भन्दा उत्कष्ट रहेको विश्लेषण भईरहेको छ । सायद बनेपा सहित राजधानीका २० वटा हलमा रिलिज भएको छ । बाँकि हलमा पनि सायद हेर्ने दर्शक ८० प्रतिशत माथि रहेका छन् ।

0 comments: