123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

12:04 PM
0
२०७०-०२-२५
फिल्मी अपडेट्,काठ्माण्डौ

ब्रेकिङ न्युज अभिनेत्री मौशमि शेन मल्लको घरमा चोरी / सम्मान र अवार्ड मात्र लान पायो चोरले 
नेपाली चलचित्रको ठुलो पर्दामा कुशल अभिनेत्रीको परिचय बनायकी अभिनेत्री  मौशमि शेन मल्ल बिगत लामो समय देखी ट्युमरको बिरामी थिईन र अहिले फेरी उनि अर्को रोगबाट ग्रशित भएकी छिन ।
परिवार श्रोतका अनुशार उनि हाल टाईफ़ाईटले ग्रषित भएकी छिन ।
निकै दिन देखि बेडमा नै रहेकी अभिनेत्री तथा निर्मात्री मौषमी शेन मल्लको घरमा उपचार हुँदै छ र उनको   स्वास्थ्यअवस्थामा  केही सुधार आएको बताएका छन् चिकित्षकहरुले तर उनले अझ केही समय रेष्ट गर्नुपर्ने चिकित्सकले बताएका छन् ।


अभिनेत्री मौशमी शेन मल्लले नेपालि चलचित्र क्षेत्रको लागि धेरै देन दिएकी छिन , चलचित्र क्षेत्रको हित र बिकासको लागि आफु बिरामी हुँदा सम्म पनि आमरण अनशन बसेकी अभिनेत्री मौषमी शेन मल्ल एउटा साहशिक कलाकार पनि हुन् तर अहिले भने यिनी बिरामी भएको कारणले उनि आराममा छिन ।
हामीले भर्खरै मात्र पाएको जानकारी अनुशार अभिनेत्री मल्लको घरबाट उनले बिगतका दिनमा चलचित्र क्षेत्रबाट पाएका सम्मान र अवार्डहरु गए राति उनकै घरबाट चोरी भएको छ ।
नेपाली चलचित्रक्षेत्रमा अमुल्य तथा अतुलनीय कार्य गरे बापत पाएका सममान र कलाकारिताबाट पाएको अवार्ड तथा सम्मानपत्रहरु गए राति करिब १२:३० बजे  उनकै घरबाट चोरी भएको उनका छोरा नायक बिक्की मल्लले फिल्मी अपडेट संग भने ।
राति करिब १० बजे सीटिङ्ग रूमको ढोका बाहिर बाट बन्द गरेर सुत्नको लागि सबै आफ्ना रुम मा गए तर बिहान आएर ढोका खोल्न खोज्दा ढोका भित्र बाट लक् भएको देखे पछि झ्याल बाट भित्र  गएर हेर्दा ममीको करिब आधा दर्जन भन्दा बढी प्रमाण पत्र , सम्मान पत्र ,अवार्ड लगायतका सामानहरु थिएन " छोरा नायक बिक्किले फिल्मी अपडेट संग भने ।
आफ्नो जिवनको अमुल्य सम्पति गुमाएकोले निकै दुखि भएकी अभिनेत्री मल्लले आवशेक सहयोगको लागि प्रहरी कार्यलयमा निबेदन दिने सोच बनाएकी छिन तर पाउने आश भने मरिसकेको बताएकी छिन ।

हाल बिरामी भएर आराममा रहेकी अभिनेत्री मौषमी शेन मल्ल दिज्जुलाई फिल्मी अपडेट डटकम परिवारको तर्फ बाट सिघ्र स्वास्थय लाभको कामना छ । 

0 comments: