123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:24 PM
1
२०७०-०२-२०
फिल्मी अपडेट ,काठ्माण्डौ 


७ लाख तिरे मात्र पप्पु धरान बाट रिहा हुने । 

राष्ट्रिय चलचित्र महोत्सव लथालिङ्ग भएर सकिए पनि चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैता पप्पुलाई भने स्थानीय आयोजकले धरानका होटलहरुको बाँकी नतिरेसम्म फर्किन नदिने भएका छन् । विभिन्न होटलमा बसेको र खाएको गरी जम्मा करिब ७ लाख रुपैयाँ तिर्न बाँकी छ ।
स्थानीय स्तरबाट १० लाख रुपैयाँ उठाउने भनिए पनि जम्मा ३४ हजार ५ सय मात्र उठेको छ । बोर्डले नतिरेपछि आफूलाई अफ्ठ्यारो पर्ने भन्दै स्थानीय आयोजक सदस्यहरुले पैसा नतिरेसम्म धरानबाट हिँड्न नदिने बताएपछि पप्पु यतिबेला धरानमै छन् ।
पप्पुलाई पैसा तिरेर मात्रै धरान छाड्न भनेको अनामका सदस्य सुवास थापा बताउँछन् । ‘यहाँ हुँदै मोबाइल अफ हुन्छ, भोलि के हो के हो, त्यसैले तिर्नू अनि धरान छाड्नू भनेका छौं ।’सदस्य सुवास थापाले भने ।


महोत्सवका लागि निर्माण गरेको मञ्चका लागि १ लाख ४० हजार,साउण्ड सिष्टमको ७५ हजार, स्वागतद्वार निर्माणमा २५ हजार तथा ब्यानर र पोष्टरमा १ लाख २८ हजार खर्च भएको बताइएको छ । त्यसबाहेक बोर्डले काठमाण्डौबाट ३ वटा गाडीको प्रतिगाडी जम्मा १ लाख दिने गरी ल्याएको बताइएको छ ।
थिए भने प्राविधिक संघका सदस्यहरु आफ्नै खर्चमा कञ्चनजंगा होटलमा पुगेर सुतेका थिए । महोत्सव सुरु भएको दिन शनिबारदेखि नै निर्माता, निर्देशकले व्वस्थापन बहिस्कार गर्दै आफ्नै खर्चमा खाने र बस्ने व्यवस्था गरेका थिए ।

1 comments:

Anonymous said...

ekdam dami cha la good