२०७०-०२-२४
फिल्मी अपडेट, काठमाण्डौयस कारण नायिका रेखा थापाले लगाएकी रहेछिन कालो गोलो चस्मा
केहि दिन अघि मात्र राष्ट्रिय चलचित्र महोत्सब धरान पुग्दा गोलो चस्मा लगाएर पुगेकी नायिका रेखा थापा आखिर किन त चस्मा खोल्दिन भनेर सबैले जिज्ञासा पनि राखेका थिए ।

तर कुरा अर्कै थियो नायिका रेखा थापाले चस्मा किन नखोलेको कुरा अहिले प्रस्ट भएको छ । उनले आफ्नो दायाँ आँखाको उपचार गरिरहेकोले चस्मा लगाएकी रहेछिन , र अभिनेत्री रेखा थापाले आफ्नो दायाँ आँखाको शल्यक्रिया पनि हालशालै गराएकी छिन ।

आँखामा एक किसिमको सानो समस्या "आनो" आएपछि उनले तिलगंगा आँखा अस्पतालमा सर्जरी गराएकी छिन ।

अषारको पहिलो सातादेखि आफ्नो अर्को चलचित्र "काली" लिएर फ्लोरमा जाने नायिका रेखा थापाले करिब दुई सातादेखी आनोको औषधी लिइरहेकी पनि थिइन् । अहिले उनको आँखाको शल्यक्रिया पछि उपचारमा संग्लन चिकित्सकले केही दिन आराम गर्न र धुलो, धुवाँबाट टाढा रहन सुझाब दिएका छन् ।अपरेशन पछि नायिका रेखा थापाको तस्बिर फेसबुक बाट सौजन्य ।




0 comments:
Post a Comment