123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:53 AM
0
२०७०-०२-२४
फिल्मी अपडेट्,काठ्माण्डौ

समाज सेवामा चलचित्र "प्रोड्युसर" युनिट / राजधानिमा गर्‍यो फ्री हेल्थ क्याम्प 
नेपालि कथानक चलचित्र "प्रोड्युसर"को युनिटले राजधानीको कुलेश्वोरमा रहेको कुलेश्वोर माध्यामिक बिध्यालयमा आज फ्री हेल्थ क्याम्पको आयोजना गर्यो । दुई दिन सम्म चलन्ने उक्त हेल्थ क्याम्पमा आज जनरल चेक जाँच भयो भने भोलि आँखा र दन्त परिक्षण हुने भएको छ ।



कम्युनिटी हेल्थ एन्ड सोशल सर्भिश सेन्टर र चलचित्र "प्रोड्युसर" युनिटले आयोजना गरेको क्याम्पमा बिध्यालयका करिब ३ सय जना बिद्यार्थीले पहिलो दिनमा नै सेवा पाएको कम्युनिटी हेल्थ एन्ड सोशल सर्भिश सेन्टरका अधक्ष्य  शिब भक्त शर्माले फिल्मी अपडेट लाई जानकारी गराऊनु भयो ।


"हाम्रो जस्तो सरकारी बिध्यालयलाई बिचार गरेर यसरि यो क्याम्प राखिदिनु भयो यो चलचित्रका सम्पूर्ण युनिटलाई धेरै धेरै धन्यवाद दिन चाहान्छौ बिध्यालयको परिवारको तर्फ बाट" बिध्यालयका हेड मास्टर एस के  नेपालले   फिल्मी अपडेट संगको कुराकानीमा भन्नु भयो ।


चलचित्रका निर्माता ज्योति राईले फिल्मी अपडेट संग कुरा गर्दै भने "आज हामीले यो क्याम्प याहाँ राखेका छौ जसबाट धरै बाल बालिकाहरुले उपचार पाएका छन् र हामि अब देशका अन्य स्थानहरुमा पनि क्याम्प लाने तयारीमा छौ , र अब हाम्रो अर्को क्याम्प भनेको पोखरामा हुने छ जसको लागि हामीले अहिले खाका तयार गर्दै छौ "

एस क्याम्प गरेबापत कम्युनिटी हेल्थ एन्ड सोशल सर्भिश सेन्टरले के पाउँछ भन्ने हाम्रो प्रश्नमा ? चलचित्रका निर्देशक जनक दिप पराजुली भन्छन "हामीले यस क्याम्प गरेबापत कम्युनिटी हेल्थ एन्ड सोशल सर्भिश सेन्टरलाई मोफसलमा चलचित्रको च्यारिटी गरेर सबै खर्च कटाए पछि आउने रकमको १०% यस सस्थालाई दिने  कमिटमेन्ट गरेका छौ ,यस बाट सस्थालाई पनि राहत हुने र सामाजिक कार्य पनि हुने छ भन्ने विचारका साथ् हामीले यो कदम चालेका हौँ ।

चलचित्र "प्रोड्युसर' भदौ बाट प्रदर्शनमा आउने भएको छ ।
चलचित्र लाई जनक दिप पराजुलीले निर्देशन गरेका हुन् भने निर्माण ज्योति राज राईको रहेको छ . चलचित्रमा
श्याम अर्याल , विल्सन बिक्रम राई , श्याम राई ,बाबु बोगटी ,स्वेता भट्टराई आदिको मुख्य अभिनय रहेको छ ।



Director: Janakdeep Parajuli
Producer: Rajkumar Rai
Executive Producer: Keshab Adhikari

Casts: Babu Bogati, Shyam Aryal, Wilson Bikram Rai, Shyam Rai, Sweta Bhattarai

Special Advisor: Shyam Bhattarai
Editor: Prajwalit Dhruba Raj Parajuli
Cinematographer: Sagar Pradhan
Story: Kiran Michael
Action: Roshan Shrestha
Music: Rahul Pradhan, Suresh Rai, Kiran Michele
Chreographer: Saiman Rajbanshi
Chief Assistant Director: Narawaj Sharma
Production Manager: Yem Oli
Equipments: Aslesha Entertainment
Editing Studio: Digital FX
Colorist: Sudip Shrestha
VFX: Anupam Shah, Nitin Chand
Sound Mixing: Uttam Neupane

0 comments: