123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:06 PM
0
२०७०-०२-३०
फिल्मी अपडेट्,काठ्माण्डौ  

"अप्रिल फुल" एउटा सफा नेपाली चलचित्र हो " निर्देशक भद्र भुजेल 

नेपालि कथानक चलचित्र "अप्रिल फुल" ले राजधानीमा बुधबार एक कार्यक्रमका बीच चलचित्र प्रोमो र गित सार्बजनिक गर्यो । चलचित्रको
बारेमा जानकारी दिने हेतुले आयोजना गरेको उक्त प्रेस मिटमा चलचित्रका कलाकार लगायतका प्राबिधिकहरुको पनि उपस्थिति रहेको थियो । 
कार्यक्रममा नेपाल चलचित्र निर्देशक समाजका अधक्ष्य दिनेश डिसी  , नेपाल चलचित्र प्राबिधिक संघका अधक्ष्य मनोज केसी  .नेपाल चलचित्र संघक माहासचिब प्रदिप उदय , निर्माता संघका माहासचिब केशब भट्टराई लगायतकाले चलचित्र 'अप्रिल फुल' सफलताको सुभकामना दिएका थिए । 

कार्यक्रममा चलचित्रको एउटा प्रोमो र एउटा गित पनि सार्बजनिक गरिएको थियो । सार्बजनिक गरिएको तेरोमेरो पिरती बोलको गित सबैले मन परेको पनि बताए । 

निर्देशक भद्र बुझेलले आफ्नो चलचित्र सफा नेपालि चलचित्र बनेको  बताएका थिए । 
सुमिना अब अशार ७ गते दर्शक माझ सार्बजानिक हुने भएकी छिन ।
चलचित्र "अप्रिल फुल" अब अषार ७ गते देश भर करिब ४० ओटा सिनेमा घरहरु बाट प्रदर्शनमा आउने भएको छ । केहि दिन अघि बुटवलको मुर्गियामा र दाङ्गको घोराहीमा च्यारिटी शो गरेर दर्शकहरु बाट राम्रो रेस्पोन्स पाएको चलचित्र "अप्रिल फुल"को टिम अब अषार सात गतेको पर्खाईमा रहेको छ ।
सेन्सर बोर्डबाट "A" सर्टिफिकेट पाएको चलचित्र "अप्रिल फुल" ले सेन्सर बोर्ड बाट राम्रै दु:ख पाएको बताउँछन् निर्माण पक्ष । अप्रिल १ तारिख अर्थात  "अप्रिल फुल" मनाउने क्रममा त्यो सिचुएसनले निमत्याउने अन्य घटना चलचित्र  "अप्रिल फुल" को मुख्य कथा हो । थर्ड टिम फिल्म्सको ब्यानरमा कार्यकारी निर्माता बिनोद लामिछानेले निर्माण गरेको यस चलचित्रका केहि आवाजमा सेन्सरले म्युट गर्न लगाएको छ । निर्देशक भद्र भुजेलको निर्देशनमा निर्माता केशब लामिछाने र कमल लामिछानेको सयुक्त निर्माण रहेको चलचित्रमा नायिका सुमिना घिमिरे ,कुमार लामिछाने ,मनोज लामिछाने ,महिमा सिलवाल लगाएत बिनोद नेउपानेको पनि मुख्य भूमिका रहेको छ ।



0 comments: