२०७०-०२-२३
फिल्मी अपडेट ,काठ्माण्डौफेरी पनि रास्ट्रपतिले रास्ट्रीय चलचित्र पुरस्कार नबाँड्ने संकेत देखाए
नेपाल चलचित्र बिकाश बोर्ड र धरान प्रकरणका कारण रास्ट्रपति रामबरण यादबको हात बाट रास्ट्रिय चलचित्र पुरस्कार नदिने संका उब्जिएको छ ।
चलचित्र महोत्सब धरान २०७० बाट केहि हदसम्म बिबादमा तानिएको बोर्डले गर्न लागेको रास्ट्रिय चलचित्र पुरस्कार वितरणमा रास्ट्रपतिको हात बाट दिंदा फेरी बिबाद आऊला भनेर होला रास्ट्रपतिले पुरस्कार दिनमा हच्किएका छन् भन्दा फरक पक्कै नपर्ला कारण राष्ट्रपति कार्यालयले उक्त कार्क्रमको लागि आफ्नो राय दिन जाने वा नजाने भन्ने बारे आफ्नो धारणा दिन सूचना प्रकासन गर्नुपर्ने अन्तिम दिन बुधबार थियो तर गरेन ।

यस्तै चलचित विकास बोर्डका अधक्ष्य धर्मेन्द्र मोरवैता [पप्पु]ले एक पत्रिका संगको कुराकानीमा भने
‘चलचित्र महोत्सवबारे मिडियामा उठेका विवादलाई लिएर राष्ट्रपतिजी बिच्किनुभएको छ । तर, आफ्नै हातबाट पुरस्कार दिने मनस्थिती भने उहाँले त्यागिसक्नुभएको छैन ।’ रास्ट्रपतिले यदि यो पुरस्कार वितरण नगरे नेपालि चलचित्रको बजार अझ काँहा पुग्ने हो र नेपालि चलचित्रको भबिस्य के हुने हो यो सोच्ने बिषय बन्न सक्छ ।

प्राप्त जानकारी अनुशार दोश्रो राष्ट्रिय चलचित्र महोत्सब धरान २०७० पनि नेपालको कार्यबाहक मन्त्रीमंडलका एक मन्त्रीले उधघाटन गर्ने भनिएको थियो तर पछि उनले पनि उदघाटनमा सरिक नहुने भएपछी बिकल्पको रुपमा महजोडीलाई लागिएको भन्ने खबर चलचित्र बजारमा सुनिन्छ ।
यसरि चलचित्रको प्रबर्धन गर्नमा जोड दिने निकाय ,व्यक्ति र सस्था नै पछि हट्ने हो भने नेपालि चलचित्र उद्योग फस्टाउंन नपाउंदै ओईलाएर झर्नेमा संका कतै पनि छैन ञो पक्का हो ।
यस्तै अहिले राष्ट्रपति लाई रास्ट्रीय चलचित्र पुरस्कार बितरण गरिदिन अनुरोध गर्दै बोर्ड अधक्ष्य मरबैता बेस्त रहेका छन् । बुधबार पनि राष्ट्रपति कार्यालय बाट पुरस्कारको लागि जबाफ नआएपछि बोर्ड अध्यक्ष मोरवैता तनावमा देखिन्थे । राष्ट्रपतिज्यूको हातबाट पुरस्कार वितरण गर्न पाए पुरस्कारको गरिमा बढ्छ भन्दै मर्बैताले बिहिबार पुन रास्ट्रपति कार्यालयमा राष्ट्रपतिका शहल्लाकार मार्फत खबर पठाएको खबर श्रोतले बताएको छ ।
स्मरण रहोस राष्ट्रपति यादवले गतवर्ष पनि चलचित्र पुरस्कार बाँड्न अस्वीकार गरेका थिए ।
0 comments:
Post a Comment