123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:38 AM
0
२०७०-०२-१९
फिल्मी अपडेट्,धरान

१७० चलतचित्रकर्मी धरानको तातो घाममा बिचल्लिमा परे / बिकाश बोर्डको अत्तोपत्तो छैन रे 

चलचित्र विकाश बोर्डको बार्षिक कार्यक्रम अन्तर्गत पर्ने चलचित्र महोत्सब २०७० को आयोजनाको लागि धरान पुगेका चलचित्रकर्मी बिचाल्ल्लीमा परेका छन्  ।

नेपाल चलचित्र बिकाश बोर्डको लापरबाहिले गर्दा यो पटकको चलचित्र महोत्सब अब्यबस्थित र अशफल बनेको छ । महोत्सबको सुरुवाती दिनमा नै केहि कलाकारहरुले महोत्सब बहिस्कार समेत गरेका थिए  । ३ दिन सम्म आयोजना हुने भनिएको महोत्सब १९ गते दोश्रो दिन सम्म आउँदा आयोजक सस्था चलचित्र बिकाश बोर्डले चलचित्रकर्मीहरुलाई बिचल्लीमा पारेको छ ।


अहिलेको  ताजा जानकारी अनुशार धरान पुगेका करिब २५० जना चलाचित्रकर्मीहरु बिचल्लीमा परेका छन्  । नायिका सुमिना घिमिरे ,रेखा थापा लगायतका अन्य पुराना चलचित्रकर्मीहरु लाई लिएर बिकाश बोर्ड फरार भएको बताए स्थानिय आयोजकले  ।
अहिले करिब १७५ जना चलचित्रकर्मीहरु र पत्रकारहरु धरान उद्योग बाणीज्य संघको बैठक कक्षमा बिकाश बोर्डको जबाफको प्रतिक्ष्यामा रहेका  । आयोजकले होटलको पैसा नदिएकोले कलाकारहरुको ब्याग होटल बाट निकाल्न नसकेको बताए उपस्थित कलाकारहरुले  ।



महोत्सब हिजो दिउँसो २ बजे सुरु भएको थियो र आजको महोत्सबको आकर्षण भनेको चित्रकला प्रतियोगिता
र निशुल्क चलचित्र प्रदशन गराउने योजना थियो तर बिकाश बोर्डको अब्यबस्थित ब्याब्स्थाका कारण सो कार्य भने हुन सकेको छैन  ।

थप जानकारी अपाडेट गराउने छौ  । 

0 comments: