123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

4:46 PM
0

पछिल्लो समय नेपाली चलचित्रले एउटा नयाँ धारको शुरूवात गरेको छ । फर्मुला श्रेणीका फिल्मलाई ओझेल पार्दै अहिलेको जेनेरेशनलाई स्वाद चखाउन मेकरहरू नयाँ नयाँ टेस्टका फिल्म दिन थालेका छन् । यहि क्रमलाई काईट्स इन्टरटेन्मेन्टले आत्मसाथ गरेको छ ।

केहि दिन अगाडी मात्र स्थापना गरिएको व्यानर काईट्स इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्मको नाम 'रेड वाईन' राखिएको छ । मायाको नशाले मानिसलाई कुन मोड र परिस्थितीमा पुर्‍याउँछ भन्ने मुख्य थिममा आधारित रहेर निर्माण गर्न लागिएको उक्त फिल्मका निर्माताको नाम गोप्य राखिएको छ । सस्पेन्स थ्रील फिल्म 'रेड वाईन' लाई कस्ले चोर्यो मेरो मन डेब्यू निर्देशक सबिर श्रेष्ठले गर्नेछन् । यहि फिल्म कस्ले चोर्यो मेरो मनबाट सबिरले दुई छुट्टाछुट्टै फिल्म अवार्डबाट उत्कृष्ट निर्देशकको अवार्ड जितीसकेका छन् ।
 
तीन लभस्टोरी फिल्म निर्देशन गरेका सबिरले यस पटक भने केहि फरक स्वाद चखाउने बताए । फिल्मीखबरसँग कुरा गर्दै भने, 'अब बन्ने मेरो फिल्म अलि फरक प्रस्तुतीको रहनेछ । अहिलेको दर्शकको दिमागसँग खेलेर नयाँ टेस्टको फिल्म बनाउन लागेको हुँ ।' फिल्मको कथा सबिर स्वयंले लेखेका छन् । समयको बदलिंदो परिवेशलाई आधार मान्दै निर्माण गर्न लागिएको 'रेड वाईन' का कास्टहरू पनि अहिले खुलाईएको छैन ।

तीन वटा गीत समावेश गरिने सो फिल्ममा दिनेश सुनामको संगीत रहने छ । फिल्मका गीत किरण खरेल र प्रमोद ढुंगानाले लेखेका छन् । सुटिङ सेडुल फाईनल नगरिएको फिल्मको अहिले स्क्रिप्ट र म्युजिकको काम भईरहेको छ । कास्टहरू चयन भए लगत्तै निर्माताको नाम पनि खुलाईने छ ।

0 comments: