123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

1:38 PM
0

बैशाख पन्ध्र गते देखि सुरू हुने प्रोजेक्ट मेरो भ्यालेन्टाईनको सुटिङ सकिए लगत्तै निर्देशक सुरज सुब्बा नाल्बो 'प्रमिस' टाईटल तय गरिएको नयाँ फिल्म निर्देशनमा जुट्दैछन् । सिङगापुरका लगानीकर्ताको सहयोगमा नाल्बोले दुई साथीले गरेको प्रमिसको बिषयमा केन्द्रित रहेको रिभेन्ज ड्रामामा आधारित सो फिल्म बनाउने तयारी गरिरहेका हुन् । जसका लागि नयाँ बर्षको छेकेमा उनी सिङगापुर लोकेशन हन्टका लागि गएका थिए र फेला पारे बलिउड बल्कबष्टर फिल्म क्रिस सुटिङ भएको स्थान सन्टेका सिटी ।
 
पाँच दिने भ्रमणबाट बुधबार नेपाल फर्किएका नाल्बोले शो स्थान सहित स्कोच पार्क, हाउपर भिल्ला, मुस्तफा, जुसईङ, आर्थर रोड, बोटानिक गार्डेन, पोरकोनिङ पार्क र हेण्डेन ब्रिजको सुन्दर लोकेशन प्रमिसका लागि तय गरिएको बताए । पाईप लाईनको सो प्रोजेक्टको ६० प्रतिशत सुटिङ सिङगापुरमा गर्न लागेको जानकारी गराएका नाल्बोले फिल्ममा केकी अधिकारी लिड रोलमा फाईनल गरिएको बताए । फिल्ममा विल्सन विक्रम राई, अनुराग मान सिंह कुवँर, मतिन खान, सुमन गैरे सहित डेब्यू गर्दै दुई नयाँ अनुहार रमेश चन्द्र राई र नरकुमार लिम्बुलाई मेन काष्टमा छनौट गरिएको छ ।  'म कन्टिन्यू तीन वटा फिल्म सिङगापुरमा खिचेर त्यहाँको सोसाईटीसंग फ्यामिलियर हुन चाहन्छु त्यसैले दोस्रो पटक मैले सिङगापुरलाई रोजेको हुँ',  नाल्बोले भने ।   



यस्तै नाल्बोले सिङगापुरमा दोस्रो विश्व युद्धताका मारिएका नेपालीहरूको समाधिस्थलको मनोरम दृश्य र चाईनिजहरूको समाधिस्थलमा पनि फिल्म खिच्ने निर्णय गरिएको बताए । उनले भने, 'यो हाम्रो लागि पनि ईतिहास हो । फिल्म बनाउने मात्र हैन ईतिहासलाई सुरक्षित पनि गर्न जान्नु पर्छ ।' प्रमिस खिचेको केही महिना भित्रै बाटो मुनिको फुलका प्रोड्यूसर राजेश घतानीको फिल्म 'वितेका पल' समेत सिङगापुरमा खिचिने उनले बताए । यो बिषयमा नाल्बो भन्छन्, 'अब दर्शकलाई नयाँ टेष्ट चाहिएको छ त्यसैले क्वालिटी फिल्म दिन मैले अन्य मुलुक रोजेको हुँ । अब मेरो हरेक प्रोजेक्ट विदेशमा थोरै पर्सेन्ट भए पनि सुट हुनेछ ।'


मेरो भ्यालेन्टाईन सकिए लगत्तै उनी पोष्टप्रोडक्सनको काम थन्क्याएर असार ६ गते २२ दिनका लागि प्रमिस टोली लिएर सिङगापुर उड्ने छन् । टिएनआरजी कम्पनीले निर्माण गर्न लागेको नाल्बोको सो फिल्मको स्टोरी टंक लिम्बुले लेखेका हुन् भने उनको क्याम्पका सञ्जय लामा क्यामेरा पर्सनको रूपमा छन् । यस्तै फाईट रोशन श्रेष्ठ र म्युजिक महेश खड्काको रहने छ । उनीद्धार निर्देशित बहुप्रतिक्षित फिल्म सायद बैशाख २९ गते देखि रिलिज हुदैछ भने फेसबुकको पनि रिलिज पब्लीसिटी सुरू गरिएको छ ।  

0 comments: