नेपाली सिनेमाका दुई कार्यकारी निकाय निर्माता र प्रदर्शक संस्थाले खुल्ला रिलिजको प्रतिस्पर्धालाई आत्मसात गर्ने निर्णय गरेका छन् । पालो प्रणालीलाई खारेज गर्ने औपचारिक निर्णयको दुई सातापछि दुवै संस्थाले खुल्ला बजार प्रतिस्पर्धामा जाने सहमति गरेका हुन् । दुवै संस्थाका अध्यक्षद्धयको रोहवरमा बसेको कार्यदलको बैठकले पालो प्रणालीका मौजुदा ३० सिनेमालाई व्यवस्थित निकास गर्ने र त्यसपछिको स्थितीबारे सातबुँदे सहमति गरेको हो ।
संयोग भनौं, नेपाल विश्व ब्यापार संगठनमा सदस्य बनेको ठीक सात वर्षको वर्षगाँठमा यस्तो सांकेतिक सहमति भएको छ । औद्योगिक मान्यता नपाइसकेको सिनेमा क्षेत्र खुल्ला बजार प्रतिस्पर्धामा जानुलाई कतिपयले औद्योगिकीकरणतर्फको यात्रा भनेका छन् । साताअघि संयुक्त कार्यदलको अनुगमनले तीस सिनेमालाई पालो प्रणालीमा राख्ने निर्णय गरेको थियो । ती सिनेमा हुन् – । पूरानो अर्न्तगत नैना रेशम, माया त माया हो, भागी भागी नजाऊ, तिमि विनाको जिवन, सिन्दुर, महान, हिम्मत–२, भुल भए माफ गर, स्वाभिमान, भुल्नै सकिन र मार्यो नि मायाले मार्यो छन् । यस्तै नयाँ अर्न्तगत कवच, जिन्दगानी दर्पणछाँया, किन लाग्छ माया, नयाँ नेपाल एक्सप्रेस, नमस्ते, ईशारा, संसार आफ्नै, खग्रास, आफ्नै मनलाई सोधि हेर, मिलाप, मानव, चन्द्रावती, पल्टन, लभ ईन चाईना बोर्डर, किसान, पहिलो माया हो मेरो, हो यहि माया हो र लभस्टोरी २०६६ छन् ।
सात बुँदे सहमति यसप्रकार छ ।
१ –अब उप्रान्त काठमाडौं उपत्यकामा चलचित्र प्रदर्शन गर्दा दुवै संघबाट तोकिएका ३० वटा चलचित्र मध्येबाट एउटा नयाँ र एउटा पुरानो चलचित्र तथा दुवै संघबाट गठित संयुक्त कार्यदलले छनौट गरेको एउटा नयाँ चलचित्र क्रमशः प्रदर्शन गर्ने
२ –तोकिएका ३० वटा चलचित्रपछि खुल्ला प्रतिस्पर्धामा चलचित्र प्रदर्शन गरिनेछ ।
३– मंगलबारको ब्यापारको अनुपातलाई आधार मानेर मात्र आगामी दिनमा प्रदर्शन गरिने चलचित्रको नाम सार्वजनिक गरिनेछ ।
४– चलचित्रको होल्डओभर पुर्याउने उद्देश्यले निर्माता वा वितरकले टिकट किन्न पाइनेछैन । यदि टिकट किनेको प्रमाणित भएमा सो चलचित्रलाई कार्यदलले निर्णय गरि उतार्न सक्नेछ ।
५– अधिकांश चलचित्र घरबाट होल्डओभर झारेको अवस्थामा र एकदुईवटा चलचित्र घरमा मात्र होल्डओभर कायम भैरहेमा सहमतिमा कार्यदलले निर्णय गरि त्यसलाई उतारी अर्को चलचित्र प्रदर्शन गर्न सक्नेछ ।
६ –चलचित्र प्रदर्शनको मिति तोक्नुभन्दा सातदिन पहिले प्रचारप्रसारका सामाग्री अनिवार्यरुपमा सम्बन्धित चलचित्र घरमा उपलब्ध गराउनुपर्नेछ । अन्यथा सो चलचित्रलाई यो प्रक्रियाबाट हटाइनेछ ।
७ –कुनैपनि चलचित्र प्रदर्शन भएको पहिलो दिनमै चलचित्र घरमा दर्शकको संख्या ज्यादै न्यून भएमा कार्यदलको निर्णयबाट बजारमा प्रदर्शित चलचित्रहरूमध्येबाट कुनै अर्को सिनेमा उक्त थिएटरमा प्रदर्शन गर्न सकिनेछ ।
/fullnews.php?newsid=3583&newsof=3&newstype=4

0 comments:
Post a Comment