123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

4:10 PM
0




दुलही रानीमा पहिलो पटक साईड रोल पाएकी पेश्ला कट्वालले नयाँ फिल्ममा सोलो रोल पाएकी छिन् । यस अघि तिमि देखी तिमी सम्म टाईटल रहेको जानकारी गराएका निर्देशक विजय विक्रम बस्नेतले फिल्मको टाईटल परिवर्तन गर्दे पेश्लालाई प्ले गर्ल बनाएका हुन् ।

'सवैको सुझावमा टाईटल परिवर्तन गरेर 'प्ले गर्ल' बनाएँ जसमा पेश्ला लिड रोलमा खेल्ने छिन्', सुटिङका लागि ईलाम निस्कनु अघि बस्नेतले फिल्मीखबरलाई जानकारी गराए । २५ दिने सेडुल बनाएर निर्देशक बस्नेत 'प्ले गर्ल' को टिम लिएर शनिबार ईलाम प्रस्थान गरेका छन् । लेडिज नै फिल्मको मुख्य पात्र रहेको 'प्ले गर्ल' मा पेश्लाका अलवा नयाँ अनुहारमा मधुसुदन कुवँर, केवल भुजेल पनि लिड रोलमा रहने बस्नेतले जानकारी गराए ।


यस अघि कमेडी फिल्म नमस्ते र हात लाग्यो शुन्य बनाएका बस्नेतले ट्र्याक चेन्ज गर्दे सोसल श्रेणीको फिल्म बनाउन लागेका हुन् । जसलाई ईलामका समिर खड्काले प्रोड्यूसरको रूपमा सहयोग गरिरहेका छन् । फिल्मको सुटिङ दार्जिलिङको मिरिकमा पनि हुने छ भने एक गितको सुटिङ काठमाण्डूमा पनि गरिने बताईएको छ । फिल्मलाई लोकेन्द्र थापाले खिच्नेछन् भने संगीत विकास चौधरीको छ ।  

0 comments: