123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:11 AM
0
नेपाली सिनेमा राम्रो वनाउनुपर्छ भन्ने वल्ल निर्देशकहरुमा वुद्धि पलाएको छ । यसैले पनि उनीहरु कथामा विशेष जोड दिईरहेका छन् । निर्देशक योगेश घिमिरे पनि अहिले कथामा नै जोड दिईरहेका छन् ।, प्रज्ञा जोशीको लगानीमा निर्माण हुन लागेको चलचित्रमा योगेशले पहिलो पटक कथा समेत आफै लेखेका छन् । प्रज्ञा र योगेशको जोडिले वनाउन लागेको यो चौथो चलचित्र हो । यो चलचित्रका लागि योगेशले ४ पटकसम्म कथा लेखेर च्यातेको खुल्न आएको छ । यतिमात्र होईन, मंसिरमा नै गित रेकडिङ गरी तयार पारिएको गित पुन ऐरन्ज गर्न थालिएको छ ।

गित पुरानो भयो जस्तो लागेर पुनः वनाउन लागेको योगेशले अनलाइनखवरलाई वताएका छन् । ४ पटक सिनेमाको कथा लेखेर च्यात्ने अनि गित पुन रेकडिङ गर्ने योगेशको यो तरिकाले सिनेमा केही वन्छ कि भन्ने आश गर्न सकिन्छ । चलचित्रमा जम्मा ५ जना कलाकार हुने वुझिएको छ । ५ जना कलाकारमा एक नायक नयाँ हुनेछन् भने अर्का एक नायक र एक नायिका भने पुरानै लिने तयारी निर्माण पक्षले लिएको छ । चलचित्रमा अन्य दुई कलाकार हुनेछन् । यो चलचित्रको अर्को रमाईलो पक्ष के पनि छ भने, सिनेमा मोफसलका जम्मा १२ स्टेशनमा रिलीज गरिनेेछ । यस्तै, काठमण्डौमा पनि मल्टिप्लेक्स हलमा मात्र सिनेमा रिलीजमा आउने वताईएको छ । तर, सिनेमाको वजेट भने ८० लाख भन्दा माथिको हुने निर्माण पक्षको दावी रहेको छ ।


८० लाख भन्दा वढि लगानी गरेर यति थोरै स्टेशनमा रिलीज गर्दा लगानी उठ्छ त भन्ने हाम्रो प्रश्नमा योगेशले भने, यसपटक यो सिनेमाको रिलीज विदेशवाट गरीने छ । म विदेशमा मार्केटिङ गर्छु उनले भने । यसरी, हालसम्म नाम तय नभईसकेको योगेश घिमीरेले निर्देशन गर्न लागेको नया चलचित्रको रामकहानी रमाईलो नै रहेको छ । हेरौ, यति धेरै दिमाग खर्चिएको यो सिनेमाले व्यापारीक रुपमा भने कस्तो सफलता पाउने हो । चलचित्रको पटकथा तथा संवाद भने शिवम् अधिकारीले लेखेका हुन् । यो चलचित्रको छायांकन जेठको ३ गतेवाट सुरु गरीने वताईएको छ ।



source /2012/04/145549.html

0 comments: