नेपाली चलचित्र लूटको ५१ दिन मनाउदै गरेको पार्टीमा आफ्नो सिनेमा 'हिरोइन' को सुटिंग गरेको खुलासाको केहि समय बित्न पाउदा नपाउदै रोजको अर्को छल बाहिर आएको छ।
गत साता नेपाल चलचित्र प्राबिधिक संघ (नेफ्टा) ले आयोजना गरेको अवार्डमा पनि 'हिरोइनको' सुटिंग भएको छ । कथाको सिक्वेन्समा मेरो हिरोइनले अवार्ड पाएको छ त्यसैले मैले फुटेज लिएको हो तसर्थ मेरो हिरोइन पनि यहि कार्यक्रममा उपस्थित रहेको बताउछन् रोज राणा । उनले हिरोइन को हो भन्ने चाहिँ खुलाएका छैनन् । तर यता अन्य कलाकारले भने बिना जानकारी सुटिंग गरिएको प्रति आपत्ति जनाएका छन् ।
बैशाखको पहिलो साता देखि फ्लोरमा जाने सिनेमाको करिब ४० प्रतिशत सुटिंग सकिएको जानकारी दिदै रोज भन्छन्- 'कसैको निजि मामिलामा मैले दखल पुर्याएको छैन तर दर्शकले कलाकारको रिल लाइफ भन्दा पनि रियल लाइफ थाहा पाउनु हक हो ।' कसैको बिरोध आए पनि आफ्नो सिनेमाको लागि तयार गरिएको फुटेज आफुले नहटाउने उनको तर्क छ ।
झन्डै १० महिना लगाएर चलचित्रको लागि फुटेज तयार गरेका रोजले राजेश हमाल, निशा अधिकारी, रेखा थापा, आर्यन सिग्देल र निखिल उप्रेतीको वास्तविक जीवन पनि कैद गरि सकेका छन् ।
0 comments:
Post a Comment