उदाउदी नायिका बेनिशा हमाल यतिबेला चर्चाकी पात्र बनेकी छन् । चर्चा हुनुको कारण उनको कार्यशैलि हो । सञ्चारकर्मी हुँदै चलचित्रकी नायिका बनेकी हमालले अहिले सम्म तीनवटा
चलचित्रमा अभिनय गरेकी छन् ।'स्वर' बाट सिनेमामा डेब्यू गरेकी बेनिशाले झण्डै चालिस वटा म्यूजिक भिडियोमा अभिनय समेत गरेकी छन् । 'ज्यान हाजिर छ' र 'म अनि तिमी' उनका आगामी सिनेमा प्रोजेक्ट हुन्
१ । आजकल के मा व्यस्त ?
खासै त्यस्तो केहि छैन । भिडियो शुटिंग भईरहेका छन् । फोटो शुट भईरहेको छ र डान्स क्लास लिईरहेकी छु ।
२ । ग्ल्यामर क्षेत्रमा कसरी प्रवेश भयो ?
बच्चैदेखिको सोँच चाहि थिएन यो क्षेत्रमा आउछु भन्ने । चितवनमा नै छँदाको समयमा एघार पढ्दै गर्दा सञ्चारकर्मी भएँ । विस्तारै मिडियाप्रति लगाव बढ्दै गयो । पछि काठमाण्डौ आईसकेपछि भिजे पनि भएँ । केहि विज्ञापन तथा म्यूजिक भिडियो बाट अफर आउन थाल्यो । यसरी नै विस्तारै सिनेमाकी नायिका समेत भईयो ।
३ । बाहिरी सोचाईको सिनेमा र वास्तविक सिनेमामा कस्तो भिन्नता भेट्नुभयो ?
पहिला सिनेमा क्षेत्रमा त्यति रुचि नभएकोले खासै हेरिदैनथ्यो । मनोरञ्जन र समय बिताउने कामले मात्र सिनेमा हेर्थेँ । अहिले आफ्नो प्रोफेशन नै यहि भएकोले अलिक महत्व दिने गरेकी छु । रुचि नभएपनि मेरो गन्तव्य सिनेमा नै भयो । मलाई सिनेमा नै लेखेको रहेछ । घरमा सपोर्ट थिएन । जब मैले प्रसन्न पौडेलसँग दुईवटा म्यूजिक भिडियो गरेँ त्यसपछि उहाँले कन्मिन्स गराउनुभयो । घरमै पुगेर ड्याडी-ममी सँग कुरा गर्नुभयो अनि मैले उहाँले निर्देशन गरेको 'स्वर'मा अभिनय गरेँ ।
४ । हिरो हुन भन्दा हिरोईन हुन सजिलो छ रे नि, हो ?
त्यो गलत बिचार हो । जसलाई पनि यो क्षेत्रमा आउनको लागी गाह्रो छ । नायिकालाई सजिलो के अर्थमा भनियो मैले पनि बुझ्न सकेकी छैन । हिरोईन हुनको लागी आवश्यक गुण हुनै पर्छ । मैले सुनेको मात्र पहिला-पहिला राम्री भईयो भने नायिका हुन सजिलो हुन्थ्यो रे । त्यो कारणले गर्दा पनि यस्तो भनिएको होला तर अहिलेको परिवेशमा नायक बन्न जति गाह्रो छ नायिका बन्नलाई पनि त्यतिनै गाह्रो छ ।
५ । बेनिशालाई मन पराउने धेरै छन् रे नि ?
हो र ? त्यस्तो चाहिँ होईन होला । सबैको आँखामा बेनिशा मन पर्न सक्दैन, कसैलाई अर्को मन पर्छ कसैलाई म मन पर्ला । फ्यान नै नभाको पनि होईन तर तपाईले भनेजस्तो त्यती धेरै चाहिँ मेरो हुनुहुन्न होला ।
६ । जिन्दगीनै बेनिशासँग बिताउँछु भन्ने पनि छन रे ?
मन पराउने धेरै भएपनि जिन्दगी काट्ने त एकजना सँग मात्र हो । मसँग जिन्दगी बिताउन चाहने पनि हुनुहुन्छ होला । चाहँदैमा मैले जिन्दगी नै बिताउन सक्छु भन्ने हुँदैन । अर्को कुरा नायिकालाई मन पराउनु र बेनिशालाई मन पराउनु फरक कुरा हो । मात्र उहाँहरुले मेरो चलचित्रको चरित्रलाई मन पराउनुभाको हो, बेनिशा कस्ती छ भनेर व्यक्तिगत रुपमा त उहाँहरुलाई थाहा छैन नि । मैले उहाँहरुलाइ सम्झाउने कोशिस गर्छु, मान्छेले अवश्य कुरा बझ्छन् ।
७ । 'सिनेमा लभ' र 'रियल लभ'मा के फरक देख्नुहुन्छ ?
दुवैमा एउटै भावना हुन्छ । दुवै मनदेखि गरिने चिज हो । तर, रोल लाईफ र रियल लाईफमा फरक भने हुन्छ । सिनेमामा चरित्रमा डुबेका हुन्छौँ भने वास्तबिक जिबनमा यथार्थमा डुबेका हुन्छौँ ।
८ । सबैभन्दा बढी माया कसको लाग्छ ?
ममीको, किनकी सानैदेखि सबै कुरा ममी सँगै भन्थेँ । मेरो जिन्दगीको परिभाषा भन्नुपर्दा, 'म्य मोम इस म्य लाईफ' ।
९ । घृणा ?
कसैको पनि लाग्दैन, तर झुट बोल्ने मान्छे मन पर्दैन ।
१० । दया ?
जति बाहिर देखिन्छु त्यति भित्री स्ट्रंग हुन सकिन भने कहिले काहीँ आफ्ने दया लाग्छ ।
११ । अत्यन्तै चाहेको केही ?
मेरो ममीलाई मन परेको कुनै पनि चिज ।
१२ । सपना के थियो ?
वैज्ञानिक बन्ने तर संभव भएन ।
१३ । सेक्स के होला ?
यो प्राकृतिक कुरा हो । नेपालमा बिवाह अगाडी स्विकार्य छैन । आ-आफ्नो सोचाईमा भर पर्ने कुरा हो । मैले त्यसरीनै बुझ्छु ।
source /entertainment/display_contents.php?content_type=1&content_id=616
0 comments:
Post a Comment