123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:26 AM
0

जिवन पराजुली   2012-04-08 04:19:11

स्वदेशसँगै विदेशमा समेत राम्रै कलेक्सन गरिरहेको फिल्म ‘लुट’ नायक सौगात मल्ल केही दिनअघि कोरिया आइपुगे । फिल्म प्रदर्शनका लागि आइपुगेका उनी फिल्मको पात्र ‘हाकु काले’ कै गेटअपमा थिए । कोरियाली नेपालीहरूको तर्फबाट सम्मान समेत पाएका सौगातको कथा हिजो कस्तो थियो र अहिले कस्तो छ ? आइतवारको कान्तिपुर दैनिकमा छापिएको सौगातको कथा उनकै शब्दमाः 

‘३१ वर्षअघि नवलपरासीमा जन्मिएको हुँ ।  बाल्यकाल त्यहीँ बित्यो । पढ्न पटक्कै मन लाग्दैनथ्यो । सरले पढाएको पनि दिमागमा एउटै घुस्दैनथ्यो । किताबभन्दा कमिक्स पढ्न रुचाउँथें । पढ्न छोडेर नृत्य, अभिनय र भारतीय कलाकारहरूको क्यारिकेचर गर्थें । बुबा-आमा चिन्तित भएर राम्रा स्कुल पठाउनुहुन्थ्यो । परासीका सबै स्कुल चाहारे पनि अन्ततः एसएलसी फेल गरें । तर अभिनयका लागि भने काठमाडौ छिर्न चाहन्थेँ ।  मेरो त्यही भावना बुझेर बुबाले भारतबाट नक्कली प्रमाणपत्र ल्याइदिनुभयो । त्यही बोकेर आरआर कलेजमा भर्ना भएँ ।  


आरआरमा भर्ना हुँदा ठूलै सपना बुनेको थिएँ । त्यहाँ अभिनय र सांस्कृतिक कार्यक्रम बढी हुन्छन् भन्ने सुनेको थिएँ, हैन रहेछ, राजनीतिक पार्टीको नाममा लडाइँ पो हँदो रहेछ । जसोतसो क्लास लिएँ । परीक्षा दिँदै र फेल पनि हुँदै गएँ । संयोगवश एकजना साथीको माध्यमबाट फिल्म निर्देशक आकाश अधिकारीसँग भेट्ने मौका पाएँ । अनि अभिनय सम्बन्धी ६ महिने कोर्स पूरा गरेँ । उहाँले 'रणभूमि', 'पन्छी', 'दाग' लगायत फिल्ममा स-सानो भूमिका दिनुभो । अर्कोतिर रंगमञ्चमा पनि प्रयास गरिरहेको हुन्थेँ । म बसेको घर नजिकै रंगकर्मी वीरेन्द्र हमालको अफिस थियो, एक साथी मार्फत पुगेँ । उहाँले नै एकेडेमीमा बोलाउनुभयो । 


हमाल गुरुले एकेडेमीमा बोलाएपछि त्यहाँ अनुप बराल र सुनील पोखरेलसँग संगत पाएँ  । त्यतिखेर उहाँहरू कहिले एकेडेमीमा, कहिले आरोहणमा नाटक मञ्चन गर्नुहुन्थ्यो र मलाई पनि अभिनय मौका दिनुभयो । तिनै गुरुहरू थिएटरलाई व्यवस्थित गराउन गुरुकुलको स्थापना गर्ने योजना बनाइरहनुभएको रहेछ । गुरुकुलको संस्थापक सहयोगीमा म पनि थिएँ । वास्तवमा गुरुकुल अभिनयका लागि पवित्र मन्दिर थियो । दर्जनौँ नाटकमा अभिनय गर्ने मौका त्यहीँ पाएँ ।  


एक दिन एकजना साथीको सल्लाहमा भूषण दाहालको निर्देशनमा बन्न लागेको फिल्म 'कागबेनी'मा र्फम भर्न गएँ । छनोट भइयो र फिल्ममा पहिलोचोटि नायक हुने मौका पाएँ । त्यसपछि लगातार अफर आई नै रह्यो । मेरो प्रमुख अभिनयमा निर्माण गरिएका 'सौर्य', र 'हाई-वे' सहित तीन फिल्म रिलिज हुन बाँकी छन्, 'छड्के'को वर्कसप भइरहेको छ । जीवनमा जानेको भन्नु नै अभिनय हो र यो सजिलो पनि छैन । तैपनि निरन्तरता दिई नै रहनेछु ।


'लुट' तयार गर्दा लगानी जुट्नै गाह्रो भयो । तर आत्मविश्वास गुमाएनौँ । स्क्रिप्टलाई नै खुल्ला बहसमा राखेका थियौं, जुन अरू फिल्ममा हुँदैन । यसमा पात्र, चरित्र र संवादलाई सबल बनाइएको छ । नेपाली चलचित्रको क्षेत्र सानो भएकाले हलिउड बलिउड जस्तो पैसाले झकीझकाउ गर्न सकिँदैन । त्यसैले नेपाली दर्शकले एउटा चलचित्र कम्तीमा पनि ६७ चोटि हेर्नुपर्छ अनि मात्र नेपाली फिल्मको विकास हुन सक्छ । अब बन्ने फिल्महरूले 'लुट' को भन्दा धेरै मिहिनेत गर्नु पर्नेछ । 


'लुट' हेरेपछि फ्यानहरूको फोन आउन थालेको छ, त्यसमा केही केटी पनि छन् । तर, कसैले प्रेमप्रस्ताव चाहिँ राखेका छैनन् । मन पर्ने केटीहरू थुप्रै भए पनि अहिले प्रेम र विवाहबारे सोचेको छैन । प्रेम गर्यो  भने चरित्र र अभिनय तेजोबध हुने डर छ । त्यसैले दिलमा प्रेम साँचेर राखेको छु । केहीले सरिता गिरी(रंगकर्मी) सँग मेरो नाम जोडे, त्यो प्रेम थिएन तर उनले मेरो संघर्षशील जीवनमा धेरै सहयोग गरेकी छन् । घरजम गर्न बैंक ब्यालेन्स पनि हुनुपर्योा । मसँग छँदै छैन । बैंक जाने बानी पनि छैन । यति हुँदाहुँदै पनि सेक्सको अनुभव भने छ  ।  
फुर्सदको बेलामा कथा र नाटक पढ्ने गर्छु । कोठामा पुस्तक बाहेक अरू केही छैन । कोरिया आउने दिन घरमा दुइटा गेट र झ्याल ढोका फोरेर चोर पसेको थियो । कोठामा भुजा-चिउरा र पुस्तक बाहेक केही थिएन । के लानु ? एन्टोन चेखभ, विलियम ज्याकोब्स, निर्मल बर्मा लगायत विश्वप्रसिद्ध कथाकारका किताबहरू पढिसकेको छु । सबैभन्दा धेरैचोटि पढेको चाहिँ इन्द्रबहादुर राईका कथाहरू हुन् । 


कोरिया दोस्रो भ्रमण हो । चार वर्षअघि 'अग्निको कथा' नाटक लिएर जेजु टापुमा आएको थिएँ । त्यतिखेर कोरियामा नेपाली नै छैनन् जस्तो लागेको थियो तर गलत रहेछ । उहिले आमाबुबासँग डर लाग्थ्यो । आजभोलि दर्शकसँग डर लाग्न थालेको छ । 

soucre.http://www.bestcyberzone.com/entertainment/display_contents. php?content_ id=756



0 comments: