123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

1:31 PM
0


डेढ महिना अघि स्कुटी दुर्घटनामा पर्दा अनुहारनै बिग्रने गरी घाईते भएकी हिरोईन नीता ढुङ्गानाले विग्रिएको आफ्नो अनुहारको कारण थप दुई प्रोजेक्ट गुमाएकी छिन् । सुर्खेत महोत्सवमा नाच्नको लागि रिहर्लसल गरिरहेको अवस्थामा बुधबार चलचित्र बिकास बोर्डमा भेटिएकी नीताले दाहिने तर्फ गहिरो गरी स्क्रयाच भएको गाला देखाउदै भनिन्, 'तीन वटा प्रोजेक्ट गुमाएँ अझै एक महिना सम्म प्रस्तावमा आउने कुनै पनि प्रोजेक्ट गर्दिन होला ।'

मेरो भ्यालेन्टाईन शुभ मुर्हुतको अघिल्लो दिन (फागुन २१ गते ) एक्सिडेन्टमा परेकी उनी निको हुन थप एक महिना लाग्नेछ । उनको गालामा दुई ईन्च लामो स्क्रयाच भएको दाग छ जसकारण उनको अनुहार बेलाबेलामा सुन्निने समेत गरेको छ । 'घरी बस्छ घरी सुन्निन्छ त्यसैले पनि फिल्म नगरेको हुँ', उनले भनिन् । सुरज सुब्बाको मेघा प्रोजेक्ट 'मेरो भ्यालेन्टईन' मा उनी मौखिक फाईनल भैसकेकी थिईन् तर सो प्रोजेक्ट जुर्‍यो मोडल सुस्मिता ढकाललाई ।

यस्तै सो फिल्म बाहेक 'माई ब्रदर्श' मा पनि उनी फाईनल भईसकेकी थिईन् तर स्क्रयाच भएको गालाको कारण सो प्रोजेक्ट सुमिना घिमिरेको पोल्टोमा पर्‍यो । त्यस्तै अर्को फिल्म 'लुट कम्पनी' जसलाई अभिनेत्री पुजा चन्दका एक्स हजबेण्ड सुरज चन्दले डाईरेक्सन गरिरहेका छन्  । सो फिल्ममा पनि नीता फाईनल नै भएकी थिईन् तर स्क्रयाच भएको गालाको कारण सो प्रोजेक्ट पनि नीताको हातबाट गुमेको छ ।


गाला स्क्र्याच भएपछि उनमा डर पनि छ कतै दाग सधैं भरी बस्ने त हैन ? नीता मनको पिडा व्यक्त गर्दै भन्छिन्, 'फिल्ममा त मेकअपले भए पछि छोप्न सक्छु तर सार्वजनिक कार्यक्रममा जाँदा गार्‍हो हुन्छ ।' यदि स्क्र्याचको दाग बसेमा आफू सार्वजनिक कार्यक्रममा कम उपस्थित हुने नीता बताउँछिन् । उनी भन्छिन्, 'गालामा दाग भएकी हिरोईन भनेर कसैले भन्यो भने चित्त दुख्छ त्यसैले अहिले पनि सार्वजनिक कार्यक्रममा गएकी छैन ।'

0 comments: