123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

4:15 PM
0


प्रि-प्रोडक्सनमा रहेको चलचित्र ‘कलिउड’ बनाउने भन्ने कुरा चल्नासाथ कन्ट्रोभर्सीमा परेको छ । मूख्य भुमिकामा कुन नायिका हुन्छिन भन्ने अग्रिमेण्ट नहुँदै टिकाटिप्पणी हुन थालेको छ ।


सहाना बज्राचार्यको स्थानमा नायिका सिम्पल खनाल आउने भन्ने समाचार आएपछि खनालले सामाजिक सञ्जाल फेसबुक मार्फत समाचारको टिप्पणी गरिन् । अन्तत: फेरी उनले 'कलिउड' मा नायिकाको रूपमा आफूलाई लिन लागेको कुरा स्विकार गरेकी छन् ।


यस अघि कलिउडमा मोडल सहाना बज्राचार्य नायिकाको रुपमा रहने भनि प्रचार गरिएको थियो । सिम्पलले सहानालाई आफूले रिप्लेस गर्न लागेको कुरालाई अस्विकार गर्दै भएपनि साइड रोलमा अभिनय गर्ने बताएकी छन् साथै उनले सो चलचित्रका लागि आफूलाई कसैले सिफारिस समेत नगरेको बताएकी छन् ।


आर्यन सिग्देल र बिष्णु कार्की भने कलिउडको लागी फाइनल कलाकार हुन् । नवराज आचार्यले निर्देशन गर्ने सो चलचित्र मार्फत नेपाली चलचित्र भित्रका यथार्थ कुरा देखाईने बताईएको छ ।
  

0 comments: