123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:04 AM
0

धनमाया फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म 'प्ले गर्ल' को आज इलाम कुटीडाँडामा रहेको पाथिभरा मन्दिरमा शुभ-मुहुर्त गरिएको छ । सम्पूर्ण छायांकन पनि इलाम आसपासका क्षेत्रमा हुने भएकोले फिल्मको मुहुर्त समेत यतै गरिएको हो । फिल्मको छायांकनको लागि काठमाडौँबाट शुटिंग युनिट हिजै इलाम आइपुगेको थियो ।

मुहूर्तको क्रममा फिल्मका निर्माता समिर कुमार खड्काले नरिवल फोडेका थिए भने लोकेश चन्द्र थापाले चलाएको क्यामेरामा नायक यधुसुधन कुँवर एवं नायिका पेस्ला कटुवालले मुहुर्त शट दिएका थिए । मुहुर्त लगतै फिल्मको छायांकन गरिने बताईए पनि मौसम अनुकुल नभईदिदा छायांकन सुरु हुन सकेन । हिजोबाट अकस्मात परेको झरी र बाक्लो हुस्सुले गर्दा फिल्मको छायांकन अवरूद्ध हुन पुगेको हो ।

विजय बिक्रम बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म 'प्ले गर्ल' का निर्माता एवं लेखक समिर इलाम फिक्कलकै बासिन्दा भएको र फिल्मको कथा समेत इलाम आसपासमै केन्द्रित रहेकोले फिल्मको छायांकन यतै हुन लागेको हो । पछिल्लो समय सहरका केटीहरुमा देखिएको बिकृति र त्यसले निम्त्याउने अवस्थालाई फिल्मको मुख्य कथाबस्तु बनाईएको छ । पछिल्लो समयमा नै नेपाली फिल्ममा चल्न थालेको बेडसिन र अन्य धेरै रोमान्सका दृश्यहरु पनि फिल्ममा राखिएको छ ।


नयाँ कलाकारको भिड रहेको फिल्ममा नायक यधुसुधन कुँवर र केवल भुजेलले डेब्यु गरेका छन् । त्यस्तै नायिकाको रुपमा पेस्लाको अलावा कस्तुरी खरेल, परि शाक्य लगायतको अभिनय समेत रहने छ । करिब तीस दिनको छायांकन सेड्युल रहेको फिल्मको छायांकन सिक्किम र दार्जिलिङमा पनि गरिने भएको छ ।  

0 comments: