नेपाली चलचित्र के म तिम्रो साथी बन्न सक्छुले इजराएलका दर्शकलाई भावुक बनायो । चलचित्र हेर्दै जाँदा कतिले त आँशु नै चुहाए । सबै केटा र केटी साथी बिच प्रेम सम्बन्ध मात्रै नभएर दुई साथी बिचको चोखो माया हुन्छ भन्ने सन्देश दिने सो चलचित्र इजराएलवासीले शुक्रवार साँझ हेर्ने अवसर पाएका हुन् ।शबिर श्रेष्ठ निर्देशित के म तिम्रो साथी बन्न सक्छुमा आर्यन सिग्देल र दिप्ती गिरीको मूख्य भूमिका रहेको छ । नेपालमा पनि छिट्टै रिलिजको तयारीमा रहेको सो चलचित्र दुबई, कतार, मलेशिया, हङ्कङ् लगाएतका अन्य केही राष्ट्रहरुमा पनि प्रदर्शन भईसकेको छ भने अन्य केही मुलुकमा प्रदर्शनको क्रममा छ ।
0 comments:
Post a Comment