Jiwan parajuli
नेपाली सिनेमाकी प्रथम महिला संगीतकारको रुपमा आएकी रेखा पौडेलको यतिबेला निकै चर्चा चलेको छ । उनले नेपाली चलचित्र 'फूल'मा दिएको संगीतको चौतर्फी तारिफ भइरहेको छ । नवलपरासी, केउरेनीमा जन्मेकी पौडेलको संगीत शिक्षाको कुरा गर्दा पाँच बर्ष चन्दन श्रेष्ठसँग शाष्त्रिय संगीत सिकेकी छन् । हाल ललितकला क्याम्पसमा स्नातक तहमा अध्ययनरत साथै अच्युतराज भण्डारीसँग तबला सिक्दै छन् ।
नेपाली सिनेमाकी प्रथम महिला संगीतकारको रुपमा आएकी रेखा पौडेलको यतिबेला निकै चर्चा चलेको छ । उनले नेपाली चलचित्र 'फूल'मा दिएको संगीतको चौतर्फी तारिफ भइरहेको छ । नवलपरासी, केउरेनीमा जन्मेकी पौडेलको संगीत शिक्षाको कुरा गर्दा पाँच बर्ष चन्दन श्रेष्ठसँग शाष्त्रिय संगीत सिकेकी छन् । हाल ललितकला क्याम्पसमा स्नातक तहमा अध्ययनरत साथै अच्युतराज भण्डारीसँग तबला सिक्दै छन् ।
यसअघि करिब एक दर्जन आधुनिक गीतहरुमा संगीत दिएकी रेखाले 'आकृती', 'संघर्ष' र 'एकता' कलेक्शन साथै 'अलंकार', 'अनुपम' र 'अठोट'मा सोलो संगीत दिएकी छन् । आनन्द कार्की, दिपक लिम्बु, अञ्जु पन्त, अञ्जना गुरुङ्, भारतिय गायिका सञ्जिबनी,रुपक डोटेल, प्रितम राई, मदन गोपाल, सञ्जिब कुमार पौड्याल, रामेश्वर चौधरी लगाएतका गायक-गायिकाहरुले उनको रेखाको संगीतमा स्वर दिएका छन् । उनले राजधानीको कुपण्डोलमा आँफैले आरोह संगीत बिद्यालय समेत सञ्चालन गर्दै आएकी छन् । संगीतकार रेखा पौडेलसँग चलचित्र 'फूल'को संगीत लगाएत बिबिध बिषयमा अनलाईनसंसारका जिवन पराजुलीले गरेको कुराकानीको संपादित अंश:
१ । महिला संगीतकारको रुपमा काम गर्दा कस्ता अप्ठ्याराहरु आईपरे ?
निर्देशक शिव रेग्मी आँफैमा संगीत बुझेको व्यक्ति भएकोले त्यती धेरै अप्ठेरो परेन । सुनको चुरा बोलको आईटम गीतमा चाहीँ अलिक गाह्रो भयो, त्यो गीत अलिक मादक खालको प्रकारको छ ।
२ । 'फूल'मा कस्तो प्रकारको संगीत पाईन्छ ?
हरेक प्रकारका गीत समावेश गरिएको छ । सेन्टिमेण्टल, रोमाण्टिक, वास।तबिक अनुभुती गरिएका साथमा आईटम गीत पनि छ ।
३ । सिनेमा संगीत र अन्य संगीतमा के फरक छ ?
अन्य गीतमा संगीत गर्दा आँफैलाई शब्द आउँछ, कसलाई गाउन दिने त्यही अनुसारको संगीत गरिन्छ, सिनेमामा चाहीँ कथा अनुसारको संगीत गर्नुपर्ने हुन्छ । कलाकार हेरेर संगीत गर्नुपर्छ, परिधी भित्र रहनुपर्छ, स्वतन्त्र हुन पाईदैन ।
४ । 'फूल'को संगीत आँफैलाई कस्तो लाग्छ ?
मलाई त एकदमै राम्रो लाग्छ । सबै गीतहरु उत्तिकै मन पर्छ । कसैको संगीतसँग मेल खाएको छैन । सबै गीतमा मेरो आफ्नैपन छ । सम्पूर्ण गीतमा नयाँ स्वाद नै पाईन्छ ।
५ । शिव रेग्मीसँग को सहकार्यता कसरी भयो ?
वास्तबमा शिव रेग्मी सरको म फ्यान पनि हो । सानै देखि नै मैले उहाँका फिल्महरु हेर्थेँ । उहाँसँग नै काम गर्न पाउँछु भन्ने सोँचेको नै थिइन । मलाई फिल्ममा संगीत गर्ने सिनेमामा संगीत गर्ने ईच्छा जाग्यो । शिव सरलाई भेँटे । उहाँले भित्री मनदेखि मेरो संगीत सुन्नुभयो, अत्यन्तै मन पराउनु'भो ।
६ । निर्देशकले निकै संगीत मन पराएर लिनुभा'रे हो ?
एकदमै हो । 'पलपलमा…' बोलको गीतमा मैले पहिला नै संगीत गरिसकेकी थिए, शब्द पनि मेरै थियो । सो गीतलाइ उहाँले निकै मन पराउनुभो, कथासँग पनि मिल्न गयो अनि जस्ताको तस्तै फूलमा राखिएको छ ।
७ । जिवन र संगीतको तुलना कसरी गर्नुहुन्छ ?
नङ र मासु जस्तै हो । मेरो पनि त्यस्तै सम्बन्ध छ ।
८ । 'फूल'बाट कस्तो आशा गर्नुभा'छ ?
एकदमै धेरै माथी पुर्याउँछ भन्ने सोचेकी छु, गीत सुन्नेहरुको प्रतिक्रिया सकारात्मक नै पाईरहेकी छु । आगामी दिनमा अझै मेहनत गर्नुछ ।
९ । संगीत लक्ष्य के छ ?
संगीतमा नै जन्मे संगीतमा नै मर्छु । संगीत बिनाको मेरो जिवनको कल्पनानै छैन ।
१० । अन्त्यमा केही ?
नारी प्रधान फिल्म हो 'फुल' । महिला संगीतकारले संगीत गरेको फिल्म भन्दा जुन उत्सुकता छ, त्यो मेटाउन एकपटक हलसम्म जानुहोला ।
0 comments:
Post a Comment