123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

4:27 PM
0

पछिल्ला समय नेपाली चलचित्रको ट्रेन परिवर्तन हुन थालेपछि मुलधारका सिनेमा वनाउने निर्देशकहरु छायाँमा पर्न थालेका छन् । वर्ष २०६८ मा प्रदर्शनमा आएका ८५ वढि सिनेमामध्ये जम्मा ३ सिनेमाले व्यापारीक रुपमा सफलता पाए भने वाँकी सवै सिनेमा असफल भएका छन् । सफल हुने सिनेमामध्ये लुट र चपली हाईट फरक धारमा वनेका सिनेमा हुन् । फरक धारका सिनेमा वन्न थालेपछि मुलधारका निर्देशकहरुलाई गाह्रो परेको छ । उनीहरुले वनाएका अधिकांश सिनेमा असफल भएका छन् ।


यही क्रममा नेपाली सिनेमामा दर्शक रुवाउन खप्पिस मानिएका निर्देशक शिव रेग्मी पनि अहिले अग्नि परिक्षामा रहेका छन् । उनले निर्देशन गरेको र भुवन के ।सीले निर्माण गरेको वहुप्रतिक्षित चलचित्र साथी म तिम्रो असफल भएपछि शिव रेग्मीका दिन गए भन्ने टिप्पणी सिनेमा क्षेत्रमा नभएको होईन । शिव रेग्मीलाई पनि यतिवेला सिनेमा क्षेत्रका टिक्न गाह्रो देखिएको छ । यसैले, उनी पनि अव चलचित्र फुल लाई लिएर अग्नि परिक्षामा रहेका छन् । शिवले निर्देशन गरेको चलचित्र फुल यही वैशाखको २२ गतेवाट रिलीजमा आउँदैछ ।


चलचित्रमा राजवल्लभ कोईराला, निरज बराल, गरीमा पन्त लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र फुल कमेडि र प्रेमको कथावस्तुमा आधारीत रहेको यो सिनेमा शिव रेग्मीका लागी अग्नि परिक्षा नै रहेको छ । ‘साथी म तिम्रा’े को असफलता सँगसँगै शिव रेग्मीले चलचित्रको कथा र वनाउने तरिका फेर्नु पर्छ भन्ने आलोचना नभएका पनि होईनन् । यसैले, पनि फुल सिनेमाले शिव रेग्मीको चलचित्र करिअरलाई कता डोर्याउने निर्धारण गर्ने निश्चित छ । हेरौ, चलचित्र फुल कस्तो चल्ने हो र अग्नि परीक्षामा रहेका शिव रेग्मीले यो परिक्षा पास गर्ने हुन् या साथी म तिम्रो जस्तै गरी चिप्लने हुन् ।   

0 comments: