123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:34 AM
0

अन्तिम समयमा राष्ट्रपति रामवरण यादवले राष्ट्रिय चलचित्र महोत्सव उद्घाटन स्थगित गरेका छन् । सुरक्षा ब्यवस्थापनमा ढिलाइ भएको भन्दै राष्ट्रपति सुर्खेत जाने कार्यक्रम रद्द गरिएको चलचित्र विकास बोर्डले जनाएको छ । संचारमन्त्री राजकिशोर यादव, शान्तिमन्त्री सत्या पहाडी र पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगर उद्घाटनका लागि शुक्रबार त्यसतर्फ जाने कार्यक्रम तय भएको अध्यक्ष गणेश भण्डारीले बताए । 


‘सुरक्षा ब्यवस्थापनमा ढिलाइ भएकाले अन्तिम समयमा राष्ट्रपतिले सुर्खेत जाने कार्यक्रम स्थगित गरेको जानकारी पायौं’ भण्डारीले भने, ‘उहाँको विकल्पमा तीनजना मन्त्रीले शुभारम्भ गर्नुहुनेछ ।’ ७, ८ र ९ गते सुर्खेतको वीरेन्द्रनगरमा महोत्सव हुँदैछ । महोत्सवमा सहभागि हुन संचारकर्मीसहित ७२ सिनेकर्मी त्यसतर्फ प्रस्थान गर्दैछन् । महोत्सव भनिएपनि कार्यशाला, सिनेमा बहस र झाँकी प्रदर्शन र आयोजना गरिँदैछ । २० लाख बजेटमा आयोजना हुन लागेको महोत्सवमा स्थानीयले पनि अर्थ सहयोग गरेका छन् । 


निर्देशक समाज, द्वन्द्व कलाकार संघ र प्राविधिक संघको संस्थागत विरोधका वावजुद महोत्सव गर्न लागिएको हो । उनीहरूले महोत्सवको कार्यशैली र आयोजक समिति गठनमा चित्त दुःखाएका छन् । बाँकी २४ सिनेमा पेशागत संघसंस्थाका प्रमुख र प्रतिनिधि भने त्यसतर्फ प्रस्थान गरेका छन् । पहिलोपटक मोफसलमा सरकारले यस्तो महोत्सव गर्न लागेको हो ।  

0 comments: