अभिनेत्री निशा अधिकारी सुनिल मानन्धरले निर्माण गर्ने अपकमिङ सिनेमाकी निर्देशक बन्ने भएकी छिन् । निर्माता तथा वितरक मानन्धरले निशाले गर्ने जुनसुकै प्रोजेक्टमा आफूले लगानी गर्ने बताए । ‘मैले बनाउने सिनेमाबाट उसलाई निर्देशकको रुपमा डेब्यु गराउँछु’ उनले भने, ‘मोटामोटी कुरा भैसकेको छ, मायाज बार सकिने वित्तिकै काम अघि बढ्छ ।’
निर्देशन अध्ययन गरेकाले निशालाई लिन सजिलो भएको सुनिलले बताए । आफ्नो प्रस्तावलाई निशाले सकारात्मक रुपमा लिएको र जारी प्रोजेक्ट सकिने वित्तिकै काम अघि बढ्ने उनले जनाए । निशा यतिबेला सुनिलले निर्माण गरिरहेको होमप्रोडक्सन सिनेमा ‘मायाज् बार’मा प्रोटोगोनिस्ट छिन् । ‘मायाज् बार’को लागत सत्तरी लाख काटेपछि असन्तुष्ट सुनिलले सेटमा एक निर्मातासँग ‘अब म फिल्म बनाउँदिन, बनाइहाले पनि निशाले डेब्यु गर्छे भने उसको लागि बनाइदिन्छु’ भनेर बताएको खबर आएको थियो ।
निर्देशन अध्ययनका लागि निशा गतवर्ष अमेरिका उडेकी थिइन् । रेखा थापा, नम्रता श्रेष्ठले पनि सिनेमा निर्देशन गर्ने खबर यसअघि सार्वजनिक भैसकेको छ ।
0 comments:
Post a Comment