123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:19 AM
0

नायिका रेखा थापाले आफ्नो बिहे हुन लागेको खबरको बारेमा online media  कुरा गर्दै आफ्ना शत्रुले यस्तो हल्ला चलाएको बताईन् । उनले भनिन्, 'मैले बिहे गर्न लागेकी छैन । मेरो फिल्मलाई असर पार्न यस्तो हल्ला चलाईएको हो ।'

 सोमबारदेखि मोफसलबाट प्रदर्शनमा आएको फिल्म 'रावण' लाई कुभलो चिताउनेले यस्तो हल्ला गरेको उनी बताउँछिन् । लामो समय देखि आमासँग बस्दै आएकी रेखाले बेला बेलामा घर जाने गरेको बताउँदै भनिन्, 'आमाको घरमा बस्दा यस्तो हल्ला चल्नु राम्रो हैन । माईतीमा म जति समय पनि बस्न सक्छु । त्यसैले यो बिहेको खबरलाई इसुको रूपमा नलिनु होला ।'

यस्तै रेखा पति छबि ओझाले बिहेको खबरको बारेमा आफूलाई केहि जानकारी नभएको बताए । उनले आश्चर्य व्यक्त गर्दै भने, 'खै मलाई त यो बारेमा केहि थाहा छैन । हाम्रो बिच त्यस्तो नराम्रो पनि केहि भएको छैन । सायद मेरो फिल्मलाई असर गर्न यस्तो हल्ला चलाईएको होला ।' तर रेखा र छबिको सम्बन्ध केहि समय देखि त्यति राम्रो नभएको खबर बाहिर आईरहेका भने छन् ।

आखिरमा कुरोको चुरो के हो त ? के रावण फिल्मलाई असर पार्न रचिएको यो प्रोपोकाण्डा हो त ? फिल्मीखबरले यो बिषयमा आफ्नो ध्यान केन्द्रित गरिरहने छ ।   

0 comments: