123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:42 AM
0

नेपाली समाजको राम्रा नराम्रा रूपरंगलाई यथार्थ ढंगले चित्रण गरिएको भनिएको फिल्म 'भैहल्छ नि' ले रिलिजको छेकोमा च्यारिटी शोलाई पहिलो प्राथमिकतामा राखेको छ । बिशेष गरी मोफसलका शहर र ग्रामिण भेगमा फिल्मको च्यारिटी शो हुँदै आएको छ ।
 
मुलुकका दाङ, धनगढी, सर्लाही, धरान, झापा, गाईघाट तथा काठमाण्डौमा द्वन्द पिडित तथा अनाथ बालबालिकाको सहयोगार्थ च्यारिटी शो कार्य शुरू गरिएको निर्देशक एम ।एस । अग्रजले जानकारी गराए । दाङबाट च्यारिटी शुरू भएको सो फिल्मको सार्वजनिक प्रदर्शन भने बैशाख १५ गते हुँदैछ । कलर्स मुभि एण्ड इन्टरटेन्मेन्टको प्रस्तुतिमा आरके पाण्डे र दिनेश अधिकारीले निर्माण गरेको सो फिल्ममा सुमन सिंह, गरिमा पन्त, नवनायक विशाल पोखरेल, सोनिया केसी, सुनील थापा, अशान्त शर्मा, सुवास कार्की, कमलकृष्ण लगायतले अभिनय गरेका छन् ।

लोकराज अधिकारीको गीतमा यादव योगी र गोबिन्द मधुर आचार्यको संगीत रहेको फिल्ममा हरि हुमागाईंको छायाँकन, दिनेश अधिकारिको नृत्यनिर्देशन तथा रोशन श्रेष्ठको द्वन्दनिर्देशन रहेको छ । फिल्मले सधैं सकारात्मक सोच राख्नु पर्छ भन्ने सन्देश दिने निर्देशक तथा लेखेक अग्रजले बताए ।








0 comments: