२०६९-१०-१४
प्रणप सुबेदी ,काठ्माण्डौ
चलचित्रकर्मिहरुको आन्दोलन झन चर्को हुँदै / भोली बाट चलचित्र सम्बन्धि सबै काम ठप्प
नेपाली चलचित्र जगतको स्थिती सुधार र नेपाली चलचित्र क्षेत्र र नेपाल चलचित्र बिकास बोर्डलाई राजनितिको अखडा नबनाउन बिगत लामो समय देखी अनोद्लनमा रहेका चलचित्रकर्मिहरुले हिजो सरकारले गरेको निर्णय आनोद्लन र मागको बिपरित भएको भन्दै भोली बाट झन सस्क्त रुपमा प्रस्तुत हुने भएको छ ।

नेपाल चलचित्र बिकास बोर्डको प्रांगमा पत्रकार सम्मेलनको आयोजना गर्दै "रास्ट्रीय चलचित्र उध्योगको पक्ष्यमा सयुंक्त आन्दोलन संघर्श समिती २०६९" ले भोली बाट नेपाल भरिका सम्पूर्ण चलचित्र घर , सुटिङ र पोष्टप्रोडक्सनका गतिविधि समेत ठप्प पार्ने निर्णय गरेको छ र यस कार्यमा आफ्नो तर्फ बाट सबैले सहयोग गर्न संघर्श समितीले सबैमा आबहान पनि गरेको छ । यसैगरी गत केहि दिन देखि जारी रहेको रिले अनसनलाई बोर्ड परिसरमा निरन्तरता दिने र भोलि ११ बजे देखि पप्पु नियुक्त सम्बन्धमा र नौ बुदे मागको बिषयमा पनि बृहत छलफल कार्यक्रम आयोजना गर्ने संघर्ष समितिको योजना रहेको छ ।
"हामीले अहिलेको बहिरो र अन्धो सरकारलाई थप दबाद दिनु जरुरि छ र हाम्रो जायज माग प्रति सरकार पनि झुक्नेछ एकदिन " निर्देशक यादब खरेल पत्रकार सम्मेलन लाई समोबोधन गर्दै ।

सबै संघ सस्थाहरुबाट राम्रो साथ पाएको आन्दोलनमा आजबाट चलचित्र संघ बाहेक १४ वटा प्रमुख संघसंस्थाको समर्थन रहेको छ ।



0 comments:
Post a Comment