२०६९-०९-२४
प्रणप सुबेदी ,काठ्माण्डौ
मन थाम्न सक्दैनन दर्शले चलचित्र "मैना" हेरिसकेपछि
२०६० साल फागुन ५ मा आफ्नै घरबाट पक्राउ गरी जेलमा चरम यातना दिएर हत्या गरिएकी १५ वर्षिया मैना सुनारको हत्या अभियोग लागेका तीन प्रहरी जवानहरु बवी खत्री, निरञ्जन बस्नेत र अमित पुन भने अहिलेसम्म कानुनको कठघरामा पर्न सकेका छैनन ।

यही घटनालाई मुख्य पाटो बनाएर निर्देशक केपी पाठकले नेपालि कथानक चलचित्र ‘मैना’ निर्माण गरेका छन् भने चलचित्र ‘मैना’ प्रदर्शन पश्चात दोषीलाई कारबाही गर्न एक खालको जनमत प्राप्त हुनेमा बिसोस्थ छन् निर्देशक पाठक। सिनेमा निर्माण नगर्न विभिन्न पक्षबाट दबाब समेत आएको अनुभव सुनाउदै निर्देशक पाठकले भने , ‘यो सिनेमाले जनताप्रती जवाफदेही र न्यायीक हुन राज्यलाई एक किसीमको दबाब सृजना गर्दछ ।’ यसका साथै उनले फागुन ४ मा हुने सिनेमा ‘मैना’ को रिलिज मैनाप्रतीको सम्मान रहेको पनि बताए।
फागुन ४ गतेबाट देश देश भर एकै साथ् प्रदर्शनमा आउन लागेको चलचित्र ‘मैना’ ले सशस्त्र द्धन्द्धकालमा राज्य पक्षबाट घटेका घटनाहरु मध्ये मा पनि मैना सुनारको घटनालाई प्रतिनीधि घटनाको रुपमा उठाएको छ ।
खरेलथोकस्थित मैनाको घर, विद्यालय, धादीङको जंगल र नौबिसेमा छायाँकन गरिएको यस चलचित्रमा अनिता के.सी मैना सुनारको चरित्रमा प्रस्तुत भएकी छन् ।

अनिता र राधाको साथमा ‘मैना’ मा गोविन्द प्रभात, धनश्याम जोशी, सुनिता ठाकुर, कुमार महर्जन, रामशरण पाठक र निर्देशक पाठक स्वयमले पनि अभिनय गरेका छन् । जीवनाथ सुवेदी, तेजनारायण सापेकाटा र निर्देशक पाठक समेतको लगानी रहेको यो सिनेमा पब्लिसीटी खर्च सहित ४० लाखमा निर्माण भएको बताइएको छ ।

रामेश श्रेष्ठको संगीत एवम् जीवनाथ सुवेदीको छायाँकन रहेको यस सिनेमामा कुमार महर्जनको द्धन्द्ध निर्देशन रहेको छ । नयन राज पाण्डेको लेखनमा तयार भएको यस सिनेमाले मैना हत्या काण्डका दोषीलाई कारबाही गर्न कत्तिको सहयोग पुर्याउने हो, त्यो भने सिनेमा रिलिज पश्चात नै थाहा हुनेछ ।
0 comments:
Post a Comment