२०६९-१०-०२
फिल्मी अपडेट ,काठमाण्डौ
दर्शक प्रतिक्रिया "राम्रो लाग्यो चलचित्र "अध्याय"
शुक्रबारबाट देशभरका थुप्रै पर्दामा प्रदर्शनमा आएको चलचित्र "अध्याय" ले राम्रो ब्यापार गरेको जानकारी प्राप्त भएको छ ।
शुक्रबारबाट देशका बिभिन्न पर्दामा ४ चलचित्रहरु रिलिज भएका थिए । एक सातामा एउटा चलचित्रले नै राम्रो व्यापार गर्न नसकिरहेको अवस्थामा एकै पटक चार चलचित्र रिलिज हुँदाको अवस्थामा पनि चलचित्र "अध्याय" ले गरेको ब्यापार र दर्शको को प्रतिक्रियाले अध्याय राम्रो बनेको अनुमान गर्न सकिन्छ ।
हाल अन्य चलचित्रको तुलनामा चलचित्र "अध्याय" भने राम्रो बनेको दर्शक बताउछन ।

प्रविन स्याङ्बो निर्देशित अध्याय युवावर्ग लक्षित फिल्म हो । उमेश श्रेष्ठ, रामहरि अधिकारी, सुरेन्द्र शाही र दिनेश श्रेष्ठले निर्माण गरेको यो फिल्ममा कर्म, सुशीलराज पाण्डे, आकाश मगर, सिम्पल खनाल, स्वस्तिका राजभण्डारी, शान्ती गिरी लगायतले अभिनय गरेका छन् । एउटै समाजमा रहेका तीन युवाहरूले बुझेको र भोगेको प्रेमकथामा आधारित रहेर निर्माण गरिएको अध्यायमा योगेन्द्र श्रेष्ठको द्धन्दनिर्देशन, राजिब मानन्धरको छायांकन, अञ्जय खड्काको भिजुअल इफेक्ट, ब्रह्मनाल र आसिम चित्रकारको संगीत रहेको छ ।
चलचित्र "अध्याय" लाई फिल्मी अपडेट को तर्फ बाट सुभकामना ।
0 comments:
Post a Comment