123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

2:41 PM
0

२०६९-१०-१८
फिल्मी अपडेट , काठ्माण्डौ


नेकपा- माओबादिको पनि पूर्ण समर्थन / आज मन्त्री स्तरिए बार्ता हुने  
नेकपा– माओवादीका सचिव नेत्रबिक्रम चन्दले आज चाबहिल स्थित बिकाश बोर्डको आन्दोलन परिशरमा नै गई आन्दोलनलाई समर्थन गरेको छ  । "हाम्रो पार्टी नेकपा– माओवादी ले पनि
चलचित्रकर्मीको यो आन्दोलानाई  पुर्ण समर्थन गरेको छ र गर्ने छ" सचिब नेत्रबिक्रम चन्द ।
चन्दले आजै अनशनमा थपिएका नायक जय किशन  बस्नेतलाई पनि माला पनि लगाईदिएका थिए  ।


पुष महिनाको सुरुवात देखि बिभिन्न माग राखेर आन्दोलनमा उत्रेका चलचित्रकर्मीलाई मन्त्रीस्तरिय वार्तामा आउन आह्वान गरिएको छ ।
बिहिवार दिउँशो साढे तीन बजे सिंहदरबारमा सञ्चारमन्त्री राजकिशोर यादव सहित राजकुमार राईको नेतृत्वका चलचित्रकर्मीहरुको वार्ता टोलि बोलाईएको छ । आमरण अनशन सुरु गरेको तेश्रो दिन बिहिवार अपरान्ह बस्ने मन्त्रीपरिषद बैठकमा पनि यस बिषयमा छलफल हुनेछ ।


यसैगरि, शुक्रवारदेखि सम्पु्र्ण चलचित्र हलहरुमा नेपाली चलचित्र प्रदर्शनमा रोक लगाउने संयुक्त आन्दोलन संघर्ष समितिले निर्णय गरेको छ । जसका लागी आन्दोलनबा समर्थन फिर्ता लिएको चलचित्र संघ लाई आग्रह स्वरुप पत्र काटिसकिएको छ । धेरै हल सञ्चालकको सहमती रहेको र केहिको मात्र बिमति रहेकोले आन्दोलनलाइ थप सशक्त बनाउन नेपाली चलचित्रलाई नै पर्दशनमा रोक लगाउन लागिएको निर्माता संघका अध्यक्ष राजकुमार राइले बताउनुभयो ।

0 comments: