२०६९-१०-०२
फिल्मी अपडेट , एजेन्सि
सरकारको कदम बिरुद्द सुपरस्टार रजनीकान्त भोक हडतालमा
सरकारको कदम बिरुध तामिल फिल्मका कलाकार, निर्देशक, हलवाला, वितरकहरु गत सातादेखि भोक हड्तालमा उत्रेका छन् । साथै उक्त्त हड्तालमा तमिल सुपरस्टार रजनीकान्तले पनि सहभागिता जनाए। बलिउडका समेत सुपरस्टार रहेका रजनीकान्त सोमबार भोक हडतालमा उतेरेका हुन्।

सेवा कर स्वरुप भारत सरकारले फिल्म इण्डिष्ट्रिका व्यक्तिहरुका लागि १२.३६ प्रतिशत कर असूर गर्दै आएको छ। केही समय अघि निर्माता, वितरक, प्रदर्शकका सेवा करबाट मुक्त गरिएको थियो भने आफूहरुलाई पनि सो करबाट मुक्त गराउन दबाब दिंदै कोरियोग्राफर, कलाकारहरुको आन्दोलनमा निर्माता लगायतहरुले पनि सहभागिता जनाएका थिए।

सो आन्दोलनमा सहभागिता जनाएका सुपरस्टार रजनीकान्तले कालो व्यापार मौलाउन नदिन कर शुल्क बढाउने होइन कडा कानून बनाउनुपर्नेमा जोड दिए। कर बढाउनाले कालो पैसा फस्टाउने उनको धारणा थियो। त्यस्तै नायक सत्यराजले पनि कर छल्नेलाई सरकारले दण्डित गर्नुपर्ने धारणा राखे। अर्का कलाकार राधा रविले तमिल फिल्म इण्डष्ट्रि राम्ररी बुझेका अर्थमन्त्रीले आफूहरुको मागलाई सम्बोधन नगरे अब आउने चुनावमा आफूहरुको सहयोग नपाउने चेतावनी घुमाउरो तरिकाले दिए।
त्यस्तै साना कलाकारलाई सेवा कर तिर्न अझ गाह्रो हुने साउथ इण्डियन फिल्म आर्टिष्ट एसोसिएसनका अध्यक्ष आर सरथकुमार बताउँछन्। फिलम अथवा सिरियलमा काम गर्न थालिसकेपछि सेवा कर तिर्नैपर्छ चाहे निर्माताले पैसा नदिसके पनि कर भने तिरिसक्नुपर्ने हुन्छ। जसले गर्दा निकै अप्ठेरो हुने उनी बताउँछन्। सो विरोध कार्यक्रममा रजीनकान्तसँगै अन्य तामिल सुपरस्टारहरु विजय, प्रभु, सत्यराज, भाग्यराज, सरथकुमार, राधिका निर्देशक के एस रविकुरमा लगायत थुप्रै तमिल कलाकार आन्दोलनमा उत्रिएका थिए। सो दिन सबैले आफ्नो फिल्मका सुटिङ रोकेका थिए। कार्यक्रममा रजनीकान्तको उपस्थितिले अझ बल मिलेको स्रोतले एजेन्सीलाई बतायो।
0 comments:
Post a Comment