123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:30 PM
0
२०६९-१०-१४
प्रणप सुबेदी ,काठ्माण्डौ


चलचित्रकर्मिहरुको आन्दोलन चर्कियो / ने.बि.स द्वारा समर्थन स्वोरुप भोली चक्का जाम  
आन्दोलनरत चलचित्रकर्मिहरु लाई समर्थन गर्दै नेपाल विद्यार्थी संघले भोली बिहान ९:३० बजे देखी १०:३० बजे सम्म हरेक क्याम्पस अगाडी १ घण्टा चक्का जाम गर्ने भएको छ ।

राजधानीको चाबहिल स्थित नेपाल चलचित्र बिकाश बोर्डको प्रांगणमा भएको बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बिद्यार्थी संघका प्रमुख रन्जीत कर्णले भोलि हरेक क्यामपश् अगाडि एक घन्टे चक्का जाम गर्ने घोषणा गरेका छन ।


साथै चलचित्रकर्मीहरुको आन्दोलन लाइ साथ् र समर्थन गर्न "सिब सेना नेपाल" ले पनि सहयोग गर्ने भएको छ   ।बिकाश बोर्डमा भएको आजको कार्यक्रमा बोल्दै "सिब सेना नेपाल"का माहा मन्त्रिले भने "हामि हरेक क्षणमा तपाईको  साथमा छौ , तपाइँहरुको अन्दोलनमा हाम्रो पनि साथ् रहनेछ ।"


यसको साथै नेपाल लोक गित प्रतिस्ठान ले पनि समर्थन गरेको छ र भोलि बिकाश बोर्डको परिसरमा सयोंको संख्यामा लोक गायक एबम लोक गायिकाको उपस्थी हुने भएको छ ।

प्रसङ्ग आन्दोलन कै , नेपाल चलचित्र विकास बोर्डको परिसरमा भैरहेको आन्दोलन दैनिक रुपमा कडा बन्दै गएको छ र आन्दोलनको थप कार्यक्रम पनि सार्बजानिक गरिएको छ ।  भोलि पनि बिकास बोर्डमा रिले अनशन लाई अगाडी बढाउछौ र पर्सिबाट हामि आमरणअनसन सुरु गर्दैछौ "  संयोजक राजकुमार राईले फिल्मी अपडेट संग भने ।
स्मरण रहोस आमरणअनसन  बस्नेको संख्या  नौ जना पुगेको छ र यो संख्या थप अझ बढ्ने आश गरिएको छ भने र समर्थन गर्ने सस्था को संख्या १४ नाघेको छ र यो पनि बढ्ने देखिएको छ  ।

0 comments: