२०६९-१०-१७
फिल्मी अपडेट्,काठ्माण्डौ
भिजिलान्तेको पहिलो अनुहार / नेपाल कै पहिलो थ्री डि चलचित्र
डिसीनेपाल डटकम संवाददाता - आस्मा फिल्मको ब्यानरमा निर्माण भएको नेपालको पहिलो थ्री डी चलचित्र 'भिजिलान्ते'को हिजो प्रोमो र फस्ट लुक सार्वजनिक गरियो ।
लिनेमा चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष शान्ति प्रिय र र चलचित्र निर्माता अर्जुन कुमार र दया दयाहाङ राईले नेपालको पहिलो थ्रीडी फिल्मको अनुभब लिए । राईले भिजिलान्तेको फष्टलुक पोष्टरलाई समेत अनावरण गरेका थिए ।

रजाधानिको अनामनगरस्थित मण्डला थिएटरमा भएको प्रोमो र फस्ट लुक सार्वजनिक तथा पत्रकार सम्मेलनमा चलचित्र 'भिजिलान्ते' का निर्देशक दिपेन्द्र के खनालको पुरै टिमको उपस्थिति रहेको थियो यद्दपि चलचित्र "भिजिलान्ते" भने चैत्र ९ गते मात्र प्रदर्शनमा आउने भएको छ ।
शान वस्न्यातले ७ महिना लगाएर लेखेको यस चलचित्र नेपाली समाजमा रहेका दण्डहिनताका कुराहरुलाई मनोवैज्ञानिक तवरले प्रस्तुत गर्न खोजिएको लागेको वस्न्यातले बताए । यस चलचित्र निर्देशक दिपेन्द्र लगायत राजेन्द्र अधिकारी र शुष्मा अधिकारीको सयुक्त लगानीमा "भिजिलान्ते" तयार भएको हो ।
यस चलचित्रमा राज घिमिरे, प्रियंका कार्की, मेनुका प्रधान, शंकर आचार्य, सुवास थापा लगायतको अभिनय रहेको छ ।
0 comments:
Post a Comment