123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

3:09 PM
0

२०६९-१०-१७
प्रणप सुबेदी ,काठमाण्डौ


दु:खद समाचार / अनशनमा रहेका बिमल पौडेल लाई पित्री शोक 
समग्र नेपालि चलचित्र जगत र नेपालि चलचित्र कर्मी हरुको हितको लागि आन्दोलनको सुरवात गरेका बिमल पौडेल जो नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष पनि हुनुहुन्छ र विभिन्न चलचित्रहरुमा अभिनय समेत गरिसकेका पौडेल लाई पितृ शोक परेको छ ।
स्मरण रहोस बिमल पौडेल चलचित्रकर्मीहरुको जारि आन्दोलनमा हिजो बाट पुन आमरण अनशनमा बशेका थिए । उनि सहित ७ जना चलचित्रकर्मीहरु हिजो देखि आमरणमा अनसनमा उत्रिएका थिए ।

लामो समय देखि किड्नी पिडित रहेका ७१ बर्षीय पिता स्वों ओम बहादुरको ज्युको  केहि बेर अघि आफ्नै गृह नगर चितवनमा निधन भएको हाम्रा चितवन सहकर्मी रबि अधिकारीले जानकारी दिनुभएको छ  । रबि अधिकारि फिल्मी अपडेट डट कमका लागि चितवन सहकर्मी हुन् भने  र ७१ बर्षीय ओम बहादुर हाम्रा चितवन सहकर्मीका हजुर बुबा हुनुहुन्थयो ।

बिमल पौडेल आमरण अनशनमा रहेका बेला भएको यो पित्री शोकका कारण अन्य आन्दोलनरत चलचित्रकर्मीहरु पनि स्तबध भएका छन् ।

हाम्रो आन्दोलन चलिरहेको बेलायो दु:खद समाचार अत्यन्त मर्माहक छ तसर्थ संघर्ष समितिको बैठकले यो बिषयमा तत्काल कुनै निर्णय गर्ने छ ।'  संयूक्त आन्दोलन संघर्ष समितिका सचिव सुरेश दर्पण पोखरेलले भने।
अब आगामी पाईला भने बोर्डको आन्दोलन परिसरमा मानव अधिकारकर्मीहरुको उपस्थितीमा विमलको अनसन तोडाएर उनलाई १३ दिने काजक्रियाका लागि चितवन पठाईने र बाँकी ६ जनाको अनसन जारी राख्ने  तयारी संघर्ष समितिले गरिरहेको छ।
अनशनकारि  चलचित्रकर्मी विमलका पिताको निधनको खबर प्राप्त हुनासाथ विकास बोर्ड परिसरमा भेला भएका चलचित्रकर्मीहरुले एक मिनेट मौन धारण गर्दै शोक सन्तब्द परिवार प्रती हार्दिक समबेदना बेक्त गरे ।


फिल्मी अपडेट डट कम परिवार शोक सन्तब्द परिवार प्रती हार्दिक समबेदना प्रकट गर्दछ ।



0 comments: