२०६९-०९-२४
प्रणप सुबेदी काठ्माण्डौ
"बोलेर हैन गरेर देखाउने बेला आयो भन्दै भोली बाट नेपाल चलचित्र बिकास बोर्डमा ताला"
चलचित्रलाई बुझेका र नेपाली चलचित्रको हित चाहानेहारुले अहिले नेपाली चलचित्रको हितको लागी लागी परेकाछन र आवाज उठाउन थालेकाछन । बोलेर हैन गरेर देखाउने बेला आयो भन्दै भोली बाट नेपाल चलचित्र बिकास बोर्डमा ताला लगाईने भएको छ ।
बिकाश बोर्डमा लामो समय देखी रिक्त रहेको अद्क्ष्य पदमा चलचित्रकर्मी नै रहनु पर्ने र चाडै निउक्ती गर्नु पर्ने माग राखेर केहि दिन अगाडी चलचित्रकर्मी अनसन बस्दा राज किशोर यादब मानानीए सन्चार मन्त्रीले हुन्छ तेसै गर्छौ भन्दै सम्झौता पत्रमा हस्ताक्षर गरेको यत्रो दिन बितिसक्दा पनि चासो नदेखाएपछी बाध्य भएर यो कदम अगाडी सारिएको हो । सन्चार मन्त्रीले गरेको बचन र प्रतिबदता पुरा नभएको भन्दै चलचित्र सँग समबन्धित बिभिन्न ८ वटा प्रमुख संस्थाको समर्थनमा भोली नेपाल चलचित्र बिकाश बोर्डमा ताला लाग्ने भएको छ ।
थप समाचार बिस्तृतमा
सहमति गरेको २० दिन नाघिसक्दा पनि सहमति अनुरुप कार्यान्यवन नभएको भन्दै चलचित्रकर्मीहरु कडा आन्दोलनमा उत्रिएका छन् ।
राष्ट्रिय चलचित्र संरक्षण मञ्चको नेतृत्वमा भोलि पहिलो चरणमा चलचित्र बिकास बोर्डमा अनिश्चिकालिन ताला बन्दि गर्ने निर्णय गरिको छ ।

मंगलबार राजधानीको रिपोर्टस क्ल्वमा पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको थियो । सो अबसरमा चलचित्र सँग सरोकार राख्ने बिभिन्न ८ वटा प्रमुख संघ संस्थाको समर्थनमा मञ्चले बिकास बोर्डमा अनिश्चिकालिन ताला बन्दि गर्ने भएको छ । आन्दोलनलाई चलचित्र निर्माता संघ, निर्देशक समाज, चलचित्र संघ, कलाकारसंघ, प्राविधिक संघ, द्धन्द कलाकारसंघ, नृत्यकार संघ र महिला चलचित्र कर्मी मञ्चका प्रमुखहरुले लिखित समर्थन जनाएका छन्

सञ्चार मन्त्री राजकिशोर यादवले माग पुरा गर्ने लिखित सहमति गरेको २० दिन नाघिसक्दा पनि कार्यान्यवन नभएको भन्दै फिल्मकर्मीहरु कडा आन्दोलनमा उत्रिएका छन् ।

राष्ट्रिय चलचित्र संरक्षण मञ्चको नेतृत्वमा यो आन्दोलनले पहिलो पाईला स्वरुप चलचित्र बिकास बोर्डमा अनिश्चिकालिन ताला लगाउने निर्णय गरिएको छ । ८ वटा प्रमुख संस्थाको समर्थनमा मञ्चले गलबार रिपोर्टस क्ल्वमा पत्रकार सम्मेलन गरी यो आन्दोलन घोषणा गरेको हो ।

आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आन्दोलनको नेतृत्व गरिरहेको मञ्चका अध्यक्ष नीर शाहले अत्यन्त पिडादायी अवस्थाको बाबजुत यो कदम चाल्न बाध्य रहेको बताए ।
"मन्त्रीले गरेको लिखित प्रतिबद्धतालाई हेलचेक्राईको हो " नेतृत्वकर्ता नीर शाह ।


0 comments:
Post a Comment