२०६९-०९-२४
प्रणप सुबेदी ,काठ्माण्डौ
सत्य घटनाबाट प्रभावित चलचित्र "मन्जरि" को पोस्टर मा नयाँ पन सबैले मन पराय
आफ्नो चलचित्रको पोस्टरमा अर्ध नग्न र अशिल देखाए मात्र आफ्नो चलचित्र चल्छ भन्दै हिड्ने निर्माता अनि निर्देशकले चलचित्र मनजरी को पोस्टर हेरेर केहि त पक्कै सिक्नु पर्छ ।
बुटवलको सुकुम्बासी बस्तीमा बस्ने मजदुर ईश्वर र धनि शक्तिसाली परिवारकी छोरी तर जिद्दी मन्जरी बिचको सत्य घटनाबाट प्रभावित भै सामाजिक प्रेम कथामा आधारित रहेर चलचित्र "मन्जरी" को निर्माण गरिएको छ साथै चलचित्र भित्र पनि बास्तविकता झल्काउनको लागि बास्तविक स्थान,चरित्र,भाषा,भेष को प्रयोग गरिएको छ । र यिनै वास्तविक कथा बोकेको चलचित्र "मन्जरी" को पोस्टर सार्वजनिक गरिएको छोटो समएमा चलचित्रले रार्मो माउथ पब्लिसीटि पाएको छ ।

टुका इन्टरटेन्टमेन्ट प्रा.लि को लागी गणेश देव पाण्डे निर्देशित चलचित्र "मन्जरी" को पोस्टर सार्वजनिक गरिएको धेरै दिन नभई भर्खरै मात्र केही दिन अगाडि सार्बजानिक गरिएको हो सबैले चलचित्र कहिले बाट प्रदर्शनमा आउछ भनेर अहिले जिज्ञासा बेक्त गरिरहेका छन् ।
यद्दपि चलचित्र भने वर्ष को अन्तिमबाट देश भर एकसाथ प्रदशन आउने भएको छ ।
नरेश पाण्डे र महेश चालिसेको निर्माण रहेको मन्जरीमा महेश पौडेलको फोटोग्राफी,काली प्रशाद बास्कोटाको संगीत ,गम्बिर बिष्टको कोरियोग्राफी रहेको छ।
0 comments:
Post a Comment