२०६९-०९-२५
प्रणप सुबेदी ,काठ्माण्डौ
नेपाल चलचित्र बिकाश बोर्डमा ताला / चलचित्रकर्मिको आँखामा आँशु
सहमति गरेको २० दिन नाघिसक्दा पनि सहमति अनुरुप कार्यान्यवन नभएको भन्दै चलचित्रकर्मीहरु कडा आन्दोलनमा उत्रिएका छन् र यिनै आन्दोलिती चलचित्रक्रमिहरुले आज नेपाल चलचित्र बिकाश बोर्डमा ताला बन्दि गरेका छन ।

राष्ट्रिय चलचित्र संरक्षण मञ्चको नेतृत्वमा आज आन्दोलनको पहिलो चरणमा चलचित्र बिकास बोर्डमा अनिश्चिकालिन ताला बन्दि गरिको हो ।
सुचना तथा संचार मन्त्रालय मातहतमा रहेको बिकाश बोर्डमा राजनीतिक नियुक्ति बन्द गर्नु पर्छ र बिकास बोर्डमा योग्य र राम्रो छबि भएको कलाकार नै बोर्डको अद्क्ष्य पदमा हुनु पर्छ भन्ने माग राख्दै बिकास बोर्डमाअनिश्चिकालिन ताला बन्दि गरिएको हो ।

आज ११ बजे राजधानीको चाबहिलमा रहेको नेपाल चलचित्र विकास वोर्डमा चलचित्र सँग सरोकार राख्ने बिभिन्न ८ वटा प्रमुख संघ संस्थाको समर्थनको साथै उपस्थी कलाकार यबम संचारकर्मीहरुको सामुने बिकाश बोर्डमा ताला लगाईएको थियो । बन्द रहेको बिकास बोर्डको ढोकामा झुन्डेको ताला नेपाल चलचित्र कलाकार संग का अद्क्ष्य नवल खडका संग रहेको छ ।
बसुन्धरा भुषाल, मौसमी सेन मल्ल र द्धन्द्ध निर्देशक संघका अध्यक्ष योगेन्द्र श्रेष्ठले लगाएकाले बिकास बोर्डमा ताला लगाएका थिए भने उपस्थित सम्पूर्ण कलाकारहरुले समर्थन जनाएका थिए । कलाकार बसुन्धरा भुषालले विकास वोर्डमा ताला लगाएपछि आँखा भरिआँशु पार्दै मिडिया सामु भन्नुभयो,
आज भन्दा १० बर्स अगाडी धेरै संगर्ष हामीले यो बिकास बोर्डको गठन गरेका थियोउ आज याँहा नै ताला बन्द गर्नु यो हाम्रो रहर नभएर बाध्यता हो र हाम्रो माग पूरा नभएसम्म विकास वोर्डको ताला हामि खोल्दैनौ उनले भनिन ।

भोलि बिहान १० बजे पुन नेपाल चलचित्र विकास वोर्डमा चलचित्र सँग सरोकार राख्ने बिभिन्न ८ वटा प्रमुख संघ संस्था सहित समर्थनकर्ताहरुलाई मन्चले पुन बिकाश बोर्डको आँगनमा बोलाएको छ , बाँकी के कस्तो हुन्छ हामि अपडेट गर्ने छौ ।


0 comments:
Post a Comment