२०६९-०९-२४
फिल्मी अपडेट्,काठ्माण्डौ
वोर्ल्ड म्युजिक अवार्ड २०१३ का लागि मनोनयनमा प्रियंकाको एल्बम मनोनयन
बलिउड नायिका प्रियंका चोपडाका लागि यो वर्ष निकै फापसिद्ध भएको छ। उनका दुईवटै हिट फिल्मले यो वर्ष १ सय करोडको कारोबार गरिदियो। एउटाले त भारतलाई औपचारिक रूपमा ओस्कारमा समेत प्रवेश दिलाएको छ।

त्यसको अलावा यसै वर्ष उनको एकल गीति एल्बम इन माइ सिटी पनि अन्तर्राष्ट्रियस्तरमा रिलिज भएको थियो। नायिका भएर गायिकाका रूपमा उनले एकदम मिहेनतका साथ तयार पारेको सोही एल्बमबाट उनी वल्र्ड म्युजिक अवार्ड २०१३ का लागि मनोनयनमा परेकी छिन्। यस वर्षको पहिलो अवार्डको रूपमा अमेरिकाको लस एन्जेल्समा आयोजना हुने अवार्डमा प्रियंका तीन विधामा मनोनयनमा परेको उनी निकट सूत्रले एजेन्सीलाई जनाएको छ। पश्चिमा जगत्मा निकै रुचाइएको उक्त एल्बम बेस्ट डेब्यु, बेस्ट सङ र बेस्ट भिडियोका लागि छनोटमा परेको छ। उनले अवार्डका लागि रिहाना, लेडी गागा र चर्चित पप गायिका म्याडोनासँग प्रतिस्पर्धा गर्नेछिन्।

0 comments:
Post a Comment