123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:21 PM
0


२०६९-०९-२४
फिल्मी अपडेट ,काठ्माण्डौ


छवि ओझाको पाँचओटी प्रेमिका  
नेपाली चलचित्र रजतपटमा सुनिएको नाम हो छवी ओझा । निर्माताका रूपमा नाम कमाएका छवीले नायीका रेखा थापासँग विबाह गरेपछी झन् चर्चा पाए । नायीका रेखासँगको सम्बन्धका कारण थप चर्चामा आएका निर्माता छवी ओझा नेपाली रजतपटमा राम्रा चलचित्र निर्माण गर्ने निर्माताका रूपमा प्रख्यात छन् । उनले निर्माण गरेका प्राय चलचित्रले राम्रो बजार लिएका छन् ।

विदेश जान भनि पैसा लिएर निस्केका निर्माता ओझाले नेपालमा नै बसेर केही गर्नुपर्छ भन्ने लागेपछी चलचित्र क्षेत्रलाई आफ्नो कर्मथलो बनाएका थिए । आफुले विदेश गएको भए धेरै सम्पत्ती जोड्न सक्ने अवस्थामा रहेको बताउँदै नेपालमा बसेर आफूले नाम भने कमाएको र यसैमा सन्तुष्ट रहेको बताएका छन् ।

जीवनमा आफूलाई फेल खाएको सोच्ने ओझाले आफुले जीवनमा धेरै कुरा गुमाएको बताउँछन् । साथीहरू चिल्लो कार लिएर पार्टीमा आँऊदा धेरै पछूतो मान्ने गरेको बताउँदै आफ्नो मनलाई बुझाउँदै भन्छन्, 'साथीहरुले भन्छन तैले नाम कमाएको छस् हामीहरूको त केही छैन । त्यसैमा चित्त वुझाउनुपरेको छ ।'

युवावस्थामा गरेको प्रेमका बारेमा सोध्दा उनी आफूले अहिले सम्झँदा रेखासमेत ५ जना प्रेमिका रहेको सुनाए । रेखासँग समेत सम्बन्ध विच्छेद भएपछी उनी अहिले भने प्रेमिका बिहिन छन् । उनी आफ्नो जीवन चलचित्र निर्माणकै क्रममा जाओस् भन्ने इच्छा व्यक्त गर्छन् ता की अरूले पनि निर्माता छवी ओझा त चलचित्र बनाउँदै गर्दा मरेछ भनुन् । जीवनलाई संघर्ष भन्ने निर्माता ओझाले आफू सोझो, इमान्दार र सहयोगी भएको बताए । उनी आफू भगवानमा विश्वास गर्ने मानिस भएको र बिहान उठेपछी भगवानको प्रार्थना र पूजा गर्ने गरेको समेत सुनाए ।

 sorce http://www.khabarsite.com/2013/01/4_6.html

0 comments: