२०६९-१०-१९
प्रणप सुबेदी ,काठ्माण्डौ
चलचित्रकर्मिको आन्दोलनको लाग्यो टुङ्गो / तीन जनाको अवस्था सुधारको लागी अस्पताल भर्ना गर्नुपर्ने
बार्ता सफल दुई महिना भित्र कार्यान्वयन गर्ने सहमति
सञ्चारमन्त्री राजकिशोर यादवसंग आन्दोलनरत चलचित्रकर्मीको बार्ता सफल भएको छ । आन्दोलनकर्मी र सरकारबीच आन्दोलन स्थगित गर्ने सहमति अनुरुप ११ बुँदामा सहमति भएको छ । सहमति लगत्तै मन्त्री यादवले चलचित्र विकास बोर्ड परीसरमा विगत चार दिन देखि आमरण अनसनमा रहेका अनसनकारी ६ चलचित्रकर्मी मुकेश ढकाल, एम.एस अग्रज, जयकिशन बस्नेत, निला बस्नेत, अनन्त तिमल्सिना र सूर्य रेग्मीको अनसन तोडाएका थिए ।
अन्तगत्व विगत डेढ महिना देखि चलिरहेको चलचित्रकर्मी
हरुको आन्दोलनले केहि हदसम्म सफलता छ।
गत बुधबार मात्र गठन गरिएको आन्दोलन संघर्ष सल्लाहकार समितिको ढांचा अनुरुप सरकारसंगको बार्ताबाट आन्दोलन स्थगित भएको हो । आन्दोलनकर्मी र सरकारबीच ११ बुँदामा सहमति भएको छ ।
अनसनकारी ६ चलचित्रकर्मी मध्ये ३ जना लाई अस्पताल भर्ना गर्नुपर्ने चिकित्षकको भनाई
गत चार दिन देखि अनशनमा बशेका अनसनकारी ६ चलचित्रकर्मीहरुमा तिन जना चलचित्रकर्मीहरुको अबस्था चिन्ता जनक अबस्थामा रहेको छ । प्रेसर लो का कारण तिन जना चलचित्रकर्मी नायक मुकेश ढकाल ,निर्देशक एम एस अग्रज , तथा कलाकार निला बस्नेतलाई चिकिताशाकको प्रतक्ष्य निगरानीमा उपचार गराउनु पर्ने भएकोछ । अनशनकारी अन्य चलचित्रकर्मीहरु भने साधारण चेकप पछि ठिक हुने उपचारमा संग्लन चिकित्शकको पुस्टि रहेको छ ।


आज भएको सहमति पत्रका सहमतिका ११ बुँदाहरु यस्ता छन् -
१. चलचित्र बिकास बोर्डको स्वायत्तताको लागि हाल तयार भएको चलचित्र विधेयकको मस्यौदालाई चलचित्र क्षेत्रसंग सम्बन्धीत सरकोरबालाहरुसंग पुनः छलफल गरी दुई महिनाभित्र अन्तिम रुप दिईनेछ ।
२. चलचित्र बिकास बोर्डमा अध्यक्ष लगायत सदस्य नियुक्त गर्दा चलचित्र क्षेत्रमा निरन्तर क्रियाशिल विज्ञ ब्यक्तिको नियुक्ति गरिने छ । त्यस्तो ब्यक्ति गैर राजनीतिक चलचित्र पेशाकर्मी हुनुपर्नेछ ।
३.चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा वास्तविक चलचित्रकर्मीको नियुक्ति गरिनेछ ।
४.चलचित्र बिकास बोर्ड तथा सेन्सर बोर्डमा नियुक्ति गर्दा चलचित्रसंग सम्बन्धीत संघ सस्थासंग आवश्यक परामर्श गरिने छ ।
५. उपयुक्र्त बुदा नं. २,३ र ४का कुराहरु नियममावलीमै व्यस्थागर्न नियमावली संशोधनको प्रकृया दुई महिनाभित्र कार्यान्वयन गरिनेछ ।
६. यस अघिनै निर्णय भईसकेका बक्स अफिस र चलचित्र बर्गिकरण लगायत तत्काल कार्यान्वयन गर्न सकिने बिषयहरु दुई महिनाभित्र बोर्डबाट कार्यान्वयन गरिनेछ ।
७. चलचित्र प्रदर्शनमा स्वदेशी चलचित्र अग्रधिकार दिने सम्बन्धमा बोर्डले सम्बन्धीत सरोकारवालहरुसंग छलफल गरी दुई महिनाभित्र ठोस प्रस्ताव तयार गरी लागु गर्नेछ
।
८. बोर्डले सम्बन्धीत सरोकारवालाहरुसंग सरोकारवालाहरुसंग छलफल गरी कुनै पनि स्वदेशी वा विदेशी उत्पादनको नेपालबाट प्रसारण तथा प्रचार हुने विभिन्न प्रचार सामग्रीको उत्पादन एवं प्रसारणमा नेपाली जनशक्ति अनिवार्य गर्ने संभावब्यता तथा विधिका सम्बन्धमा दुई महिनाभित्र ठोस प्रस्ताव पेश गर्ने ।
९. उपर्युक्त कुराहरु मध्ये बोर्डबाट कार्यान्वयन हुनुपर्ने बिषयहरु बोर्डले दुई महिनाभित्र कार्यान्वयन गर्नेछ । सो कार्यको अनुगमनका लागि सूचना तथा सञ्चार मन्त्रालय र बोर्डबाट एक–एक जना प्रतिनिधि र ३ जना चलचित्रकर्मीहरु रहेको एक अनुगमन समिति रहनेछ । सो समितिले आफूले अनुगमन गर्दा देखाएका कुराहरु मन्त्रालय तथा बोर्डमा समय समयमा पेश गर्ने छ ।
१०. चलचित्र बिकास बोर्डबाट गठन हुने विभिन्न समिति वा उपसमितिहरुमा चलचित्र सम्बन्धी संघ संस्थाहरुसंगको परामर्शमा सम्बन्धीत चलचित्रकर्मीहरुको सहभागितामा गठन गरिनेछ ।
११. चलचित्र बिकास बोर्ड र चलचित्र जाँच समितिको हालको संरचनालाई यस सहमतिपत्रमा ब्यक्त भावना अनुरुप हेरफेर गर्नका लागि बोर्डमा हाल नियुक्त अध्यक्ष तथा माननीय मन्त्रीज्यू आवश्यक पहलकदमी लिनु हुनेछ ।
0 comments:
Post a Comment