२०६९-११-१५फिल्मी अपडेट
नेपाल चलचित्र निर्देशक समाजको कार्यसमिति सदस्यबाट महासचिव पदको जिम्मेबारी बोकेका निर्देशक दिनेश डिसीले अचानक गत ६ गते राजिनामा दिए लगतै खाली रहेको सो पद को जिम्मेवारी सचिव एम.एस अग्रजले पाएका छन् ।
आज बसेको बैठकले महासचिव पदबाट दिनेश डिसीले दिएको राजिनामालाई पास गरि सो पदको जिम्मेवारी सचिव एम.एस अग्रजलाई दिईएको हो भने सचिवको जिम्मेबारी श्याम भट्टराईलाई दिएको हो ।
पटक -पटक केन्द्रीय कार्यसमिति सदस्यहरु फेर बदल भईरहेको चलचित्र निर्देशक समाजमा फिल्म 'लूट' निर्देशक निश्चल बस्नेतलाई कार्यसमिति सदस्यको रुपमा अघि सरेको छ ।
यो भन्दा अगाडी निश्चल समाजको साधाराण सदस्य थिए । निश्चल संगै निर्देशक आर.वि.के शरद, दिपा ‘पाण्डे’ बस्नेत पनि कार्य समिति सदस्यमा नियुक्त भएका छन् । बैठक पश्चात गरिएको प्रेस विज्ञप्तीमा सदस्य गोपालचन्द्र लामिछानेलाई सह–कोषाध्यक्षको जिम्मेवारी दिईएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै आर.बी के शरद खत्री र नयाँ निर्देशक दीपा बस्नेतलाई पनि मनोनित गरि कार्यसमितिको सदस्य बनाईएको छ । निर्देशक दिनेश डि.सीले महासचिव पदबाट दुइ महिना मा नै राजिनामा थमाए पछि निर्देशक समाजको कार्य समिति यसरि पदमा हेरफेर गरिएको हो ।
अध्यक्ष विमल पौडेलको यो कार्यकालमा जस्तो सदस्यहरु अन्य कहिले पनि भएको थिएन । निर्देशक समाजको समितिको अर्को बैठक आगामी शुक्रबार बोलाइएको छ ।

0 comments:
Post a Comment