123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

6:41 PM
0
२०६९-११-१६ रबि अधिकारी चितवन ।

नेपाल चलचित्र संघको ४१ औं साधरण सभा चितवनमा भएको छ । नेपाली सिनेमा उद्योगलाई दिगो रुपमा संचालन गर्न गुणस्तरिय चलचित्र निर्माण संगै सिनेमा हललाई आधुनिकीकरण बनाउनुपर्ने सिनेकर्मीहरुले सुझाव दिएका छन् । चितवनको सौराहामा बुधवार आयोजना गरिएको नेपाल चलचित्र संघको ४१ औं साधरणसभामा बोल्ने सिनेकर्मीहरुले नेपालमा गुणस्तरिय चलचित्र निर्माण भएपनि अधिकाङस हलहरु पुरानै संरचनामा सिमित भएकोले पनि सिनेमाहल सम्म दर्शकहरु पुग्न नचाहेको उनीहरुको भनाई थियो ।

कार्यक्रममा नेपाल चलचित्र बोर्डका अध्यक्ष धर्मेन्द्र मौरवैताले नेपालका सिनेमाघरहरुलाई परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो । उहांले संकटकाल देखि अहिले सम्म विभिन्न कारणले बन्द भएका देशका सिनेमाहल संचालनका लागि पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । नेपाली सिनेमालाई गुणस्तरिय बनाउन चलचत्रि बर्गीकरणको आवश्यक रहेको उहांको जिकिर थियो ।

कार्यक्रममा शान्ति तथा पुर्ननिर्माण मन्त्री टोप बहादुर रायमाझीले नेपाली चलचित्र उद्योगलाई सबैले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । चलचित्र उद्योग पनि मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने पक्ष भएको भन्दै यसको संरक्षण र प्रवर्दन गर्नुपर्ने उहांको भनाई थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मन्त्री रायमाझीले नेपाली सिनेमा उद्योगको विकासका लागि सिनेकर्मीहरु विवादीत भएर पनि संगठीत भएर अघिबढ्नुपर्ने सुझाव दिनुभयो ।

सो अवसरमा नेपाली सिनेमा संग सम्बन्धित विभिन्न आठ विद्याका सिनेकर्मीहरुलाई नगद र ताम्राकारले सम्मान समेत गरेको छ । सम्मानितहुनेहरुमा निर्देशक उज्जवल घिमिरे, कृष्णमल्ल ,नायिका करिश्मा मानन्धर, गायक राजेश पायलराई, चलचित्र पत्रकार, शान्ति प्रिय, लेखक तथा निर्देशक नयनराज पाण्डे, द्धन्द्ध निर्देशक एनवी महर्जन, छायांकनमा राजु बिक्रम थापालाई विभिन्न रड्डकर्मीहरुले स्थापना गरेको सम्मान स्वरुप नगद ११ हजार १ सय ११ रुपैयां र ताम्राकर पत्रले सम्मान गरिएको हो ।

( नेपाल चलचित्र संघको ४१ औं साधरण सभा चितवनमा भएको तस्बिर अहिले हामीलाई उपलब्ध नभएको हुदा हामीलाई प्राप्त हुन साथ / हामी केहि समय पछि नै राख्नेछौ । )

0 comments: