२०६९-११-०८
फिल्मी अपडेट ,काठ्माण्डौ
प्रदर्शनको रणभुमिमा दुई चलचित्र
निर्देशक विजय बिक्रम बस्नेत द्वारा निर्देशित नेपालि कथनक चलचित्र "प्ले गर्ल" प्रदर्शनको क्रममा जुटेको छ हाल चलचित्रको पोस्ट प्रोडक्सनको काम भईरहेको छ ।
नेपालको पुर्बका धेरै रमणीय स्थानहरुमा छायांकन गरिएको "प्ले गर्ल" मा नायिकाको रुपमा पेशला कटुवाल लाई देख्न सकिनेछ । यहि बर्ष तिरको अन्तयमा प्रदर्शनमा आउना लागेको यस चलचित्रको धमाधम सम्पादन भईरहेको छ अब पोस्ट प्रोडक्सन पछि हामि चलचित्रको प्रचारप्रशारमा लाग्ने छौ निर्माण पक्ष्यले फिल्मी अपडेट संग भने ।

यद्दपि निर्देशक बस्नेत भने अर्को उनको मेघा प्रोजेक्ट नेपालि कथानक चलचित्र "दम" को प्रदर्शनको चाँजो पाँजो पनि मिलाइरहेका छन् हाल चलचित्र "दम" को पनि काठ्माण्डौको अनामनगर स्थित काली गण्डकी स्टुडियोमा पोस्ट प्रोडक्सन भईरहेको छ।
निर्माता समिर कुमार खड्का को कथा एबम लगानी रहेको यस चलचित्रमा निर्देशनको जिम्मा निर्देशक बिजय बिक्रम बस्नेतले समालेका छन् । नायिका पेशाला कटुवाल कलाकार केवल भूजेल , यदु सुधन कुंवर र कस्तुरी खरेल आदि कलाकारको अभिनय रहेको यस चलचित्रमा बिकाश चौधरिले संगित भरेका छन भने गित लेख्ने काम भने केवल भूजेल र परि शाक्य गरेका छन् ।
0 comments:
Post a Comment