२०६९-११-०६
प्रणप सुबेदी ,काठ्माण्डौ
नायक आकाश अधिकारिले दिए १ लाख १० हजारको चेक
नायक ,निर्माता तथा निर्देशक आकाश अधिकारिले आज राज्धानिको रिपोर्टर्स क्लबमा वैदेशिक रोजगारीका लागी कुबेतमा पुगी गम्भिर घाईते भएर नेपाल फर्केकी मकवानपुरकी शान्तिमाया दोङलाई रु १ लाख १० हजार हस्तान्तरण गर्नु भएको छ ।

यद्दपि सहयोग रकम भने गत जनवरी ११ मा अन्तर्राष्ट्रिय कलाकार समाज इजरायल एनपि न्यूज डटनेट र ओएस नेपाल डटकमले संयुक्त रुपमा इजरायलमा आयोजना गरेको ‘New Year Dhamaka-2013’ बाट उठेको हो । यस अघि इजरायलबाट नै रु ३७ हजार १८२ सहयोग गरिएको थियो ।
‘New Year Dhamaka-2013’मा गायक जीवन लामा साथै नेपालबाट गायक प्रमोद खरेल, हिमाल सागर तथा हास्यकलाकार सुरज चापागाईँ ‘बान्द्रे’ इजरायल पुगेका थिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकार समाज इजरायलका सल्लाहकार कृष्ण प्रसाद न्यौपाने, कलाकार सुरज चापागाईँ, ओएस नेपालका मणि राई तथा नबिन राई, निर्माता प्रकाश थापा, समाजसेवी तथा राजनितिज्ञ मनोरमा शेरचन लगाएतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । हास्यकलाकार सुरज चापागाईँले कार्यक्रममा बोल्दै विदेश भ्रमणको पहिलो कामनै समाजसेवा भएकोले आफुलाई खुशी लागेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय कलाकार समाज इजरायल शाखाका सल्लाहकार कृष्ण ज्ञवालीले वैदेशिक रोजगारका क्रममा पिडा बोकेर फर्केकी एक चेलीको सहयोगार्थ यो कार्यक्रम सम्पन्न गरी सहयोग जुटाएको स्मरण गराउदै नेपालीहरु स्वभावैले सहयोगी भएको बताउनुभयो । आयोजक संस्था धन्यवादको पात्र भएको बताउदै ज्ञवालीले यस्ता समस्याप्रति सरकार कहिल्यै गम्भिर नबनेकोमा दुख समेत व्यक्त गर्नुभयो ।

यस्तै प्रमुख अतिथि आकाश अधिकारीले ओएस नेपाल, एनपि न्यूज र अन्तर्राष्ट्रिय कलाकार समाजको जस्तो भावना सम्पूर्ण नेपालीमा पलाउनुपर्ने बताउनुभयो । उहाले वैदेशिक रोजगारबाट पिडा बोकेर फर्केकी शान्तिमाया सम्पूर्ण नेपालीको बहिनी भएको बताउदै इजरायलका नेपालीहरुकै जस्तो उपकारको भावना सवैमा पलाओस भन्ने कामना गर्नुभयो । साथै अधिकारीले वैदेशिक रोजगारीको क्षेत्र सुरक्षित नभएको यो घटनाले पनि स्पष्ट पारेको जनाउदै सरकार यस्ता घटना रोक्न गम्भिर बन्नुपर्ने औँल्याउनुभयो । अधिकारीले आफुले अस्पताल सञ्चालन गर्ने बेलामा पनि ईजरायलबासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले एक हजार डलर सहयोग गरेको स्मरण गर्नुभएको थियो ।

0 comments:
Post a Comment