२०६९-११-०२
प्रणप सुबेदी ,काठ्माण्डौ
चलचित्र "अप्रिल फुल" को सेन्सर आज / "U" सर्टिफिकेटको आशा निर्माण पक्ष्य लाई
नेपालि कथानक चलचित्र "अप्रिल फुलको" आज सेन्सर हुने भएको छ । अप्रिल १ तारिख अर्थात "अप्रिल फुल" मनाउने क्रममा त्यो सिचुएसनले निमत्याउने अन्य घटना चलचित्र "अप्रिल फुल" को मुख्य कथा हो ।
थर्ड टिम फिल्म्सको ब्यानरमा कार्यकारी निर्माता बिनोद लामिछानेले निर्माण गरेको यस चलचित्र अब अप्रिल फुलमा नै प्रदर्शनमा आउने निर्माण पक्ष्य को सोच रहेको छ यद्दपि चलचित्रको सेन्सर भने आज रहेको छ ।
"मेरो चलचित्रमा भद्दा र भल्गर सिन छैन र मैले सेन्सरबाट युनिभर्षल सर्टिफिकेट पाउने आशा गरेको छु " निर्माता बिनोद लामिछानेले बताए ।


निर्देशक भद्र भुजेलको निर्देशनमा निर्माता केशब लामिछाने र कमल लामिछाने को सयुक्त निर्माण रहेको चलचित्रमा नायिका सुमिना घिमिरे .कुमार लामिछाने ,मनोज लामिछाने ,महिमा सिलवाल लगाएत यसै चलचित्रका कार्यकारी निर्माता बिनोद लामिछाने को पनि मुख्य भूमिका रहेको चलचित्र अप्रिल फुल सम्पूर्ण रुपमा नेपालि कथा बोकेको चलचित्र हो ।

0 comments:
Post a Comment