२०६९-१०-२२
फिल्मी अपडेट ,काठ्माण्डौ
बलिउडका स्टार नायक सलमान खानलाई १० वर्ष जेल सजाय हुन सक्ने
मुम्बइ। बलिउडका सुपरस्टार नायक सलमान खानमाथि ठुलो खतरा आईलागेको छ। उनलाई उनले १० वर्ष भन्दा अघि गरेको भएको एक घटनामा म्याजिस्ट्रेट अदालतले जाना-जान हत्या गरेको अभियोगमा मुद्धा चलाउन सकिने महाराष्ट्र सरकारको आग्रहलाई स्विकार गरिदिएको छ । सन २००२ मा सलमान खानले चलाएको गाडीले मुम्बइको एक बेकरी नजिक ठक्कर दिँदा ४ जना घाइते र फुटपाथमा सुतिरहेका एक व्यक्ति मारिएका थिए।

यस अघि उनलाई यो केसमा लापरवाहीका कारण एक व्यक्तिको हत्या गरेको अभियोगमा मुद्दा चलाइएको थियो अब महाराष्ट्र सरकारले अदालतमा स्वकृतिमा उनिमाथि जाना जान हत्या गरेको अभियोगमा मुद्धा चलाउने छ। यदि यो आरोप अदालतमा पुष्टी भएमा सलमान खानलाई १० वर्ष सम्मको जेल सजाय हुन सक्दछ। यस अघिको मुद्दामा बढिमा दुइ वर्षको मात्र जेल सजाय हुन् सक्ने व्यवस्था थियो। यसलाई सलमान खानको लागि 'मेजर सेटब्याक'को रुपमा हेरिएको छ।
बिहिबार अदालतले फैसला सुनाउँदै सलमानको विरुद्ध हत्याको मुद्दा चलाउन पर्याप्त आधार र प्रमाण रहेको ठहर गरेको थियो।

0 comments:
Post a Comment