123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:09 AM
0
२०६९-११-१६ राज सुबेदी 
हिजो मात्र रिक्त रहेको निर्देशक समाजले कार्यसमिति सदस्यबाट गरिएका पदाधिकारीको  नाम अवैधानिक भएको खण्डन आइरहेको छ  । नेपाल चलचित्र निर्देशक समाजका निवर्तमान अध्यक्ष के.पि. पाठकले  आफु निवर्तमान अध्यक्ष को हैसियत ले आफुलाई कुनै खबर नै नगरी बैठक भएको र त्यसमति पनि पूर्ण बैठक भनि कार्यसमिति सदस्य फेर बदल गरिएकोमा आफु सहमत नभएको जनाएका छन् । उनीले आफ्नो फेसबुक वाल मा "चलचित्र निर्देसक समाज ब्यक्ती बिशेषबाट स्वइेछाचारी ढंग बाट चलेको , समाज लाई अपार्दर्सी ,अबैधानिक ,अबौद्दिक ढंग बाट सन्चालन भइेरहेको" प्रति आफु असन्तुस्टी ब्यक्त गर्दै आफुले यस पद बाट राजिनामा दिने सोच बनाएको बताएका छन् ।
 

पाठकले फेर बदल र मनोनित सबैको नाम मंगलवार नै जारी प्रेस विज्ञप्तीको लागि प्रयोग गरिनु अवैधानिक रहेको बताएका छन् । मंगलवारको बैठकले तीन जनालाई हेरफेर र तीन जना नयाँ सदस्य मनोनित गरेको हो । जसमा  महा-सचिवमा एम.एस. अग्रज केसी, सचिवमा श्याम भट्टराई, सह-कोषाध्यक्षमा गोपालचन्द्र लामिछाने र कार्यसमिती सदस्यहरुमा क्रमश:  निश्चल बस्नेत आर.वि.के. शरद,र दिपा बस्नेत मनोनितमा छन् । शोभित बस्नेत, दिनेश डीसी, राजेन्द्र उप्रेतीले राजिनामा दिएपछि समाजका केही पदहरु खाली रहेको थियो ।

दिनेश डि.सी. ले जिम्मेवार पदमा रहँदा पनि आँफुलाई कार्यक्रममा जाँदा खबर नगरिएको भनि राजिनामा दिएक हुन् । र अब निवर्तमान अध्यक्ष माथिका विभिन्न कुरामा आफ्नो संलग्नता नरहेको र निर्देशक समाजले कार्यसमितिमा स्वइेछाचारी भई काम भएकोमा राजिनामा दिने कुरा बाहिर ल्याएका छन् । अब हेर्नु बाकी छ कि , निवर्तमान अध्यक्ष  के.पि. पाठकले राजिनामा दिन्छन वा  दिदैनन त !!!

0 comments: