२०६९-११--०१
फिल्मी अपडेट ,काठ्माण्डौ
नायिका रेखा थापालाई अमेरिकामा अभिनन्दन
अमेरिकाको वाशिंगटन डिसी क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले नेपाली चलचित्रमा अभिनए गर्ने नेपालको न १ नायिका रेखा थापालाई स्वागत तथा सम्मान गरेका छन् ।

अमेरिकाको म्यारिल्याण्डमा रहेको नेपाली समुदायको चचिर्त चमेना गृह घर –ए –कवाफमा एक कार्यक्रमका बिच नायिका थापालाई अभिनन्दन गरिएको हो । जनवरी २४ तारिख देखी अमेरिकामा रहेकी थापा मार्च महिनासम्म अमेरिकाको बिभिन्न शहरहरुमा हुने साँस्कृतिक कार्यक्रममा सहभागी हुने बताएकी छन् । ब्यवसायी लोकनाथ तिवारीको सभापतित्व र अमेरिकाको लागी नेपाली राजदूताबासका उप नियोग प्रमुख अर्जुन कान्त मैनालीको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा भजिनिर्या राज्यका लाउडन काउन्टी प्रजातान्त्रिक दलका सभापति ईभान माक्बेथको समेत उपस्थिती रहेको थियो । कार्यक्रमा बक्ताहरुले कलाकारीता क्षेत्रमा नायिका थापाले खेलेको भुमिकाको प्रशंसा गर्दै आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभएको थियो ।

सम्मान पश्चात नायिका थापाले खुशी ब्यक्त गर्दै आफुलाई चलचित्र क्षेत्रमा अघी बढ्न थप हौसला मिलेको बताएकी थिईन् । कार्यक्रममा नायीका थापा संग नेपाली चलचित्र क्षेत्रसंग सम्बन्धीत प्रश्न उत्तर कार्यक्रम समेत गरिएको थियो । कार्यक्रमको संचालन संचारकर्मी बिजय थापाले गर्नुभएको थियो ।

तस्विर ईनेपलीज डटकम
नायिका रेखा थापाको बारेमा अन्य समाचाको लागी यहाँ किल्क गर्नुहोश
नायिका रेखा थापा ५० हजार खाएर फरार
नायिका रेखा थापा ५० हजार खाएर फरार
0 comments:
Post a Comment