२०६९-११-११
फिल्मी अपडेट ,काठमाण्डौ
चलचित्र "पाण्डे द किलर" मा संगीतकार पोखरेल
नेपालि कथानक चलचित्रको बजारमा परिचित अनुहार र परिचित नाम निर्देशक राजु गिरीले अर्को चलचित्र निर्देशन गर्ने भएका चलचित्र हो "पाण्डे द किलर" ।
यस चलचित्र "पाण्डे द किलर" मा उनले नेपालको परिचित संगीतकारका रुपमा चर्चित नाम संगीतकार अर्जुन पोखरेल लाई संगीतको जिम्मा दिएका छन भने संगीतकार पोखरेलले चलचित्रको गीत रेकर्डिङ पनि सुरु गरिसकेका छन् ।
संगीतकार पोखरेल अहिले नेपाली चलचित्रमा संगीत भर्नमा निकै बेस्त रहेका छन् उनको यो बेस्त्ता संगै राम्रा नेपालि गित अहिले चलेकाछन ।
चलचित्र पत्रकार शान्तप्रियको शब्दमा रहेको गीत ‘मनले जसलाई मन पराउँछ उही मान्छे प्यारो धरोधर्म तिमीबिना जिन्दगीको अँध्यारो’ बोलको गीतलाई संगीतकार पोखरेलले आफनै संगीतमा रेकर्डिङ् पनि गरिसकेका छन । चलचित्र "पाण्डे द किलर" मा शान्तिप्रियका अलावा सञ्चारकर्मी उत्तम गौडेलले पनि गीत लेखेका छन् ।
समसामयिक भनिएको चलचित्र "पाण्डे द किलर" लाई एलिजा रिजालको प्रस्तुतिमा पुरन थापा क्षेत्री, सागर घिसिङ, देविका घिमिरे एवं चन्द्र राजवंशी निर्माताको रुपमा रहेका छन् ।
सुशान्त कार्की, अशोक फुयाँल, सपना लामिछाने, समिक्षा अर्याल, एलिजा रिजाल, आकाश घिमिरे, दमन रुपाखेती, मदन सिटौला, दिव्यश्वर गौतम, रमेश रायमाझी र पुरन थापा क्षेत्रीको प्रमुख भूमिका यस चलचित्रमा रहेको छ ।
रोशन श्रेष्ठको द्वन्द्व , शिव विकको नृत्य निर्देशन यस चलचित्रमा रहेक छ
0 comments:
Post a Comment