२०६९-११-१५
रबी अधिकारी ,चितवन
मलेशिएन कलाकारले खेले नेपालि कथानक चलचित्र
नेपाली कथाबस्तुमा आधारित रहेको नेपाली कथानक चलचित्र "प्राण भन्दा प्यारो" को सुटिङ्ग भर्खरै मलेशियाको बिभिन्न स्थानमा सम्पन्न भएको छ । "रावण" र "फुलस्टप" जस्ता सफल चलचित्रहरुको निर्देशन गरीसकेका निर्देशक कमल कृष्ण पौडेलले मलेसियाको मनोरम ठाउँमा चलचित्र "प्राण भन्दा प्यारो"को सुटिगं गरेका हुन् । यस चलचित्रमा मलेशिएन चर्चित कलाकारहरु पेरलिजा राज, अंकिता साहु, सुरेस कुमार, काशान्द्राति फिल्लाई जस्ताको पनि प्रमुख अभिनय रहेको छ चलचित्रमा खलनायकको भुमिका मलेशियेन चर्चित कलाकार राजा सेग्रान पर्दामा देखिनेछन ।

"आफ्नै श्रीमानको कारण पनि कसरी महिलाहरु बलात्कृत हुन्छन् भनेर देखाउन खोजिएको छ । महिलाहरुले आफ्नो श्रीमानलाई आफ्नो संरक्षकको रुपमा लिएका हुन्छन् तर यो चलचित्रमा श्रीमानकै कारण वलात्कृत भएको कथा समेटिएको छ । स्वयम् आफुलाई भन्दा धेरै माया र विश्वास गरेको श्रीमानबाटै नारी बलात्कृत हुन्छिन् र त्यसको सवैसंग बद्ला लिएको कथाबस्तु समेटिएको यो चलचित्र महिलामुखी चलचित्र हो । यसले पछिल्लो समयमा महिलामाथी भएको हिसंका घट्नालाई दर्साउन खोजीएको छ" निर्देशक कमल कृष्णले फिल्मी अपडेट संग भने ।

सश्पेन्स लव स्टोरी रहेको चलचित्र "प्राण भन्दा प्यारो" पञ्च परमेश्वर प्राईभेट लिमीटेडको ब्यानरमा निर्माण भएको हो भने चलचित्रको व्यवस्थापन पक्षको सम्पुर्ण जिम्मा नेक्सस उत्पादनले लिएको छ ।

......

चलचित्रमा बशु पुडासैनी ,अनामिका चौंलागाई , आशा खडका ,सन्दिप वाग्ले बिष्णु सापकोटा , कमल कृष्ण पौडेल साथमा मलेशिएन कलाकार राजा सेनाग्रान जस्ता कलाकारको अभिनय रहेको छ भने चलचित्रलाई सिनेमाटोग्राफी नेपालका लागि मुकेश हुन्मागाईले गरेका छन् र मलेशियामा भने मुजिबुरहामाहान ले गरेका हुन् । यो चलचित्रको पहिलो प्रदर्शन चाँडैनै मलेशियाबाट शुरु हुनुको साथै नेपालमा पनि छिट्टैनै प्रर्दशन गर्ने मलेसियाबाट निर्देशक कमल कृष्ण पौडेलले जानकारी गराऊनु भयो ।

0 comments:
Post a Comment